कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिम विजयी

खप्तड गोल्डकप फुटबल
डीआर पन्त

धनगढी — सर्वाधिक धनराशिको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको उद्घाटन खेलमा शुक्रबार आयोजक सुदूरपश्चिम ११ विजयी भएको छ । धनगढी रंगशालामा आयोजकले च्यासल युथ कलब काठमाडौंलाई टाइब्रेकरमा ५–४ ले हराएको थियो । 

सुदूरपश्चिम विजयी

क्षेत्रीय रंगशालामा निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बन्यो । दोस्रो हाफको २६ औं मिनेटमा च्यासलका विदेशी खेलाडी सेगुनले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।


च्यासलको अग्रता १५ मिनेट पनि टिकेन । दोस्रो हाफको ४० औं मिनेटमा सुदूरपश्चिमका विनोद केसीले गोल गरेर खेललाई रोचक मोडमा ल्याए । त्यसपछि गोल थपिन नसक्दा पेनाल्टी सुटआउटका आधारमा निर्णय भएको हो ।


पेनाल्टी सुटआउटमा च्यासलका सुमन लामाको प्रहार सुदूरपश्चिमका गोलरक्षक जीवन भट्टराईले रोकेपछि आयोजक जितसहित सेमिफाइनल पक्का गर्‍यो । आयोजकका नियमित गोलकिपर अमानत शेख घाइते भएपछि पहिलो हाफमा जीवनले पोस्ट सम्हालेका थिए । उनी म्यान अफ द म्याच हुँदै १० हजार पुरस्कार जित्न सफल भए ।


खप्तड गोल्डकपको दोस्रो संस्करणमा नेपाल र भुटानका एक गरी १२ टोलीले भाग लिएका छन् । विजेताले ११ लाख ११ हजार १ सय ११, उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कारा पाउने छन् । शनिबार सहारा युवा क्लब पोखरा र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : पुस २२, २०७४ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?