कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वकप छनोटको तालिका सार्वजनिक

काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार सन् २०१९ मा हुने विश्वकप क्रिकेटका लागि छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । मार्च १ देखि २५ सम्म जिम्बावेमा चल्ने प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा आयोजक जिम्बावेसँगै टेस्ट मान्यताप्राप्त राष्ट्र वेस्ट इन्डिज, आयरल्यान्ड र अफगानिस्तान तथा विश्व क्रिकेट लिग च्याम्पियनसिपका शीर्ष ४ टोलीले प्रतियोगितामा सहभागिता जनाउने छन् । यस्तै फेब्रुअरी ८ देखि १५ सम्म हुने डिभिजन २ का शीर्ष दुई टोलीले पनि छनोटमा प्रतिस्पर्धा गर्नेछन् ।

छनोटको समूह ‘ए’ मा वेस्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र डिभिजन २ विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, जिम्बावे, स्कटल्यान्ड, हङकङ र डिभिजन २ उपविजेता छन् । डिभिजन २ मा आयोजक नामिबिया, नेपालसहित यूएई, केन्या, ओमन र क्यानडाले प्रतिस्पर्धा गर्दै छन् । नेपाली टोली डिभिजन २ का लागि नियमित प्रशिक्षणमा छ । हाल प्रारम्भिक टोलीमा २१ खेलाडी समावेश गरिएको छ ।

प्रकाशित : माघ २, २०७४ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?