कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मी र सुदूरपश्चिम सेमिफाइनलमा

हेटौंडा — राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय पुरुष हकी प्रतियोगितामा आर्मी र सुदूरपश्चिम टोली सेमिफाइनल पुगेका छन् । मंगलबार सुदूरले पश्चिमाञ्चललाई २–० गोलले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्‍यो ।

सुदूरपश्चिमका दीपकराज जोशीले ५० औं र राजेश विष्टले ५७ औं मिनेटमा गोल गरे । अर्को खेलमा आर्मीले मध्यपश्चिममाथि ४–० को जित पायो । आर्मीबाट देवसिंह धामी र दीपेन्द्र ऐरले २–२ गोल गरे । देवले छैटौ र ५९ औं तथा दीपेन्द्रले ४९ र ५३ औं मिनेटमा गोल गरेका थिए ।

वनविज्ञान अध्ययन संस्थानको मैदानमा महिलातर्फ आर्मीले पूर्वाञ्चललाई ६–० ले हरायो । सीतामाया बलले चार गोल गरिन् । उनले १३, १८ ४१ र ५० औं मिनेटमा गोल गर्दा पिंकी सिंजालीले १७ औं र टेकमाया खपाङ्गीले ४३ औं मिनेटमा १–१ गोल थपेका थिए । पश्चिमाञ्चलले सुदूरपश्चिमलाई १–० ले हरायो । पश्चिमकी मधुकुमारी सर्राफले ४४ औं मिनेटमा गरेको गोल निर्णायक भयो । पुरुषतर्फ लिगकम नकआउट र महिलातर्फ राउन्ड रोबिनका आधारमा भइरहेको छ ।

प्रकाशित : माघ ३, २०७४ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?