चेल्सी टाइब्रेकरमा भाग्यमानी
लन्डन — एफए कप अन्तर्गत बुधबार चेल्सीले नर्वीचलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै अर्को चरण पुगेको छ । निर्धारित समयमा १-१ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
नेल्सन ओलिभिएराले नर्विचको पहिलो प्रहार चुकाएपछि चेल्सीका सबै खेलाडीले गोल गरे । त्यसअघि थप गरिएको ३० मिनेटको अन्त्यतिर चेल्सीका अल्भारो मोराटा र पेड्रो दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।
अन्य खेलमा स्वान्सीले वल्भसलाई २-१ तथा विगनले बर्नमाउथलाई ३-० ले हराए ।
प्रकाशित : माघ ४, २०७४ ०८:५२प्रतिक्रिया