कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उसुमा निमालाई स्वर्ण

राखेप च्याम्पियनसिपमा समावेश सम्पूर्ण २९ खेलको राष्ट्रिय प्रतियोगिता सकिएको छ ।

काठमाडौँ — नेपाल आर्मीले राखेप च्याम्पियनसिपअन्तर्गत १३ औं राष्ट्रिय उसु प्रतियोगितामा १५ स्वर्ण, ३ रजत र ७ कांस्य पदक जित्दै टिम च्याम्पियनको ट्रफी जितेको छ । 

इटहरीमा सम्पन्न प्रतियोगितामा एपीएफ ८ स्वर्ण, ३ रजत, १ कांस्यसाथ दोस्रो भयो । तेस्रो भएको नेपाल पुलिस क्लबले १ स्वर्ण, ४ रजत, २ कांस्य पदक जितेको थियो । सान्सौं र थाउलोमा गरी २५ स्पर्धा समावेश प्रतियोगितामा बाँकी १ स्वर्ण मध्यमाञ्चलले जित्यो । मध्यमाञ्चलले २ रजत र ९ कांस्य पनि जितेको थियो । अन्तिम दिन थाउलोको महिला नान् छ्वान अलराउन्डमा १२ औं सागकी स्वर्णधारी आर्मीकी निमा घर्तीमगरले स्वर्ण जितिन् । निमाले १५.६५ अंक जोडिन् । पूर्वाञ्चलकी अनु राई (१४.२५) दोस्रो तथा मध्यपश्चिमकी सरु सोती (१२.९५) तेस्रो भए ।


सोही इभेन्टको पुरुषमा एपीएफका युवराज तामाङ (१७.९५) ले स्वर्ण, मध्यपश्चिमका दीपक हमाल (१७.८०) ले रजत र आर्मीका विशाल थापा सिन्जाली (१६.३५) ले कांस्य जितेका छन् । पुरुष छान छ्वानमा आर्मीका विजय सिन्जाली विजेता भए । उनले ८.७० अंक बटुले । महिलामा आर्मीकी सुस्मिता तामाङ (८.५५ अंक) विजेता भइन् । पुरुष कुन्सु ताउसुमा आर्मीका विश्व बुढामगर विजयी भए । सान्सौंतर्फ पुरुष ४८ केजीमा एपीएफका अशोक खालिङ, ५२ केजीमा मध्यमाञ्चलका कान्ति लामा र ५६ केजीमा एपीएफका अमर सुनारले स्वर्ण जिते । ६५ केजीमा वीरमान लामा, ७० केजीमा चित्रसिंह ठकुरी र ७५ केजीमा पदम राई च्याम्पियन बने । उनीहरू आर्मीका हुन् । ८० केजीमा एपीएफका निकेश श्रेष्ठ, ८५ केजीमा एपीएफका भूपेन्द्र शाह र ९० केजीमा आर्मीका किरण साउदले स्वर्ण जिते ।


सान्सौंकै महिला ४८ केजीमा शर्मिला राई, ५२ केजीमा एलिना चौधरी, ५६ केजीमा पुलिसकी जुनी राई, ६० केजीमा आर्मीकी लुमन्ती श्रेष्ठ, ६५ केजीमा एपीएफकी मनीषा राउत र ७० केजीमा आर्मीकी विन्दु पुन मगरले स्वर्ण जिते ।


उसुको समाप्तिसँगै ‘मेरो गौरव, मेरो पौरख, मेरो खेलकुद’ भन्ने नारासाथ भएको राखेप च्याम्पियनसिपमा समावेश सम्पूर्ण २९ खेलको राष्ट्रिय प्रतियोगिता सकिएको आयोजक राखेपले जनाएको छ ।

प्रकाशित : माघ ९, २०७४ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?