कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बंगलादेशको क्लबलाई ५–० ले हराउँदै थ्रीस्टार फाइनलमा

आहा–रारा गोल्डकप
दीपक परियार

लेखनाथ — बंगलादेशको उत्तर बरिन्धरा क्लबलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदै थ्रीस्टार क्लब १६ औं आहा–रारा गोल्डकपको फाइनल पुगेको छ ।

बंगलादेशको क्लबलाई ५–० ले हराउँदै थ्रीस्टार फाइनलमा

पोखरा रंगशालामा बुधबार थ्रीस्टारका विश्वास श्रेष्ठ ह्याट्रिक गरे । उनले पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेट, ६७ औं मिनेट र ७५ औं मिनेटमा गोल गरे ।


थ्रीस्टारका लागि खेलको ४१ औं मिनेटमा विष्णु गुरुङले पहिलो गोल गरेर खाता खोलेको थिए । ४५ औं मिनेटमा निराजन खड्काले एक गोल गरेर थ्रीस्टारलाई अग्रता दिलाएका थिए । विश्वास श्रेष्ठ म्यान–अफ–दी म्याच घोषित भए ।


उत्तर बरिन्धराका स्ट्राइकर र मुख्य डिफेन्सले यसअघि सुदूरपश्चिमसँगको क्वाटरफाइनलमा रातो कार्ड पाएर खेल्न नपाएकोले टिम कमजोर देखियो । क्लबका बरिष्ठ उपाध्यक्ष मुसिबर रहमानले आºना खेलाडी घाइते भएकोले राम्रो खेलाडीलाई मैदानमा उतार्न नपाएको प्रतिक्रिया दिए । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले विपक्षी टिम कमजोर हुँदा जित सहज भएको बताए ।


यसअघि ४ पल्ट उपाधि जितेको थ्रीस्टार पाँचौंपल्ट फाइनल प्रवेश गरेको हो । थ्रीस्टारले बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग फाइनलमा भिड्ने छ । बिहीबार पुलिस क्लब र धरानबीच दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा हुँदै छ ।


प्रकाशित : माघ १७, २०७४ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?