कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा पुष्पसदन र रेडिअन्ट विजयी

काठमाडौँ — सातौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार पुष्पसदन र रेडिअन्टले जितेका छन् ।

अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा पुष्पसदन र रेडिअन्ट विजयी

पुष्पसदनले लालीगुराँसलाई ३४–२८ ले पराजित गर्‍यो । पुष्पसदनका रोजिन महर्जनले २६ अंक जोडे । रेडिअन्टले न्यु समिटलाई २३–१० ले हरायो । रेडिअन्टका प्रस्तुत पौडेलले ६ अंक जोडे ।


सिनियर ब्वाइजमा आयोजक इनोभेटिभ, भ्याली पब्लिक र बुद्ध एकेडेमीले जित हात पारे । इनोभेटिभले सौर्यमाथि ५५–८ को सहज जित दर्ता गर्‍यो । इनोभेटिभका लागि आयुश लामाले १० स्कोर गरे ।


सुन्दर तामाङको १९ अंक सहयोगमा भ्याली पब्लिकले ग्यालेक्सी पब्लिक स्कुललाई ४४–३१ ले निराश पार्‍यो । बुद्ध एकेडेमीले रेडिअन्टलाई ४९–४२ ले पन्छायो । जितमा प्रमोद ढुंगेलले २० अंक योगदान गरे ।


सिनियर गर्ल्समा श्रीदिवाले ग्यालेक्सीलाई १६–१० तथा भ्याली पब्लिकले इनोभेटिभलाई ३१–१६ ले पन्छाए । श्रीदिवाकी छेवाङ शेर्पाले ९ तथा भ्याली पब्लिककी प्रजिता कार्कीले १२ स्कोर गरे ।


प्रकाशित : माघ २७, २०७४ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?