कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोन्टेलाई जितको राहत

एएफपी

लन्डन — इंग्लिस प्रिमियर लिगमा चेल्सीले सोमबार राति वेस्ट ब्रुमलाई ३–० ले हरायो र यससँगै प्रशिक्षक एन्टोनियो कोन्टेमाथिको दबाब कम भएको छ । बर्नमाउथ र वाटफोर्डविरुद्धको खेल गुमाएयता व्यवस्थापक कोन्टे वर्खास्तीमा पर्न सक्ने बताइएको थियो । 

कोन्टेलाई जितको राहत

लिग उपाधि जितेको नौ महिनायता उनी यस स्थितिबाट गुज्रेका थिए, तर वेस्ट ब्रुमविरुद्धको खेलमा क्लब प्रशंसकले उनको समर्थनमा नारा पनि लगाए । स्टायनफोर्ड ब्रिजमा प्राप्त जितमा एडेन हेजार्डले दुर्य तथा भिक्टर मोसेसले एक गोल गरे ।


जितपछि कोन्टेले आफ्नो समर्थनका लागि प्रशंसकलाई धन्यवाद पनि दिए । खेलपछि चेल्सी फेरि चौथो स्थानमा उक्लेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र पाँचौंमा रहेको टोटनहमबीच चार अंकको मात्र अन्तर छ ।

प्रकाशित : फाल्गुन १, २०७४ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?