कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्याटिङ परामर्शदातामा पटवाल

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वकप छनोट क्रिकेटका लागि भारतका उमेश पटवाल नेपालको ब्याटिङ परामर्शदाताका रूपमा आउने भएका छन् । उनी मंगलबार काठमाडौं आउने र लगत्तै नेपाली टोलीसँग विश्वकप छनोटलाई जिम्बावे जाने छन् । 

नामिबियामा बिहीबार सम्पन्न विश्व क्रिकेट लिग डिभिजन डिभिजन २ मा नेपाली टोलीका ब्याटिङ परामर्शदाताको भूमिकामा भारतकै सुलक्षण कुलकर्णी रहेका थिए । डिभिजन २ को फाइनल पुग्दै नेपाल विश्वकप छनोटमा पुगेको थियो । कुलकर्णी शुक्रबार नामिबियाबाटै भारत फर्किएका छन् ।

‘डिभिजन २ मा कुलकर्णी, पटवालसँगै तीन जनाको नाम खोजेर नेपाली टोलीलाई विकल्प दिइएको थियो । त्यतिखेर टिमबाट कुलकर्णीको नाम आयो,’ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का नेपाल प्रतिनिधि भावना घिमिरेले भनिन्, ‘अहिले टिमको अनुरोधमा पटवाललाई नेपाली टोलीमा राख्न लागिएको हो ।’ उनले आईसीसीले पटुवालको नामलाई स्वीकृति प्रदान गरिसकेको जनाइन् ।


नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेयता आईसीसीले नै नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आएको छ । मुम्बईका पटवाल यसअघि अफगानिस्तानमा ब्याटिङ प्रशिक्षक थिए । अफगानिस्तानले २०१४ को विश्व टान्टी–२० र एसिया कप खेल्दा उनी ब्याटिङ प्रशिक्षण टोलीमा थिए ।


विश्वकप छनोट जाने टोलीमा ट्रेनर भारतकै सुवासचन्द्र पात्र पनि हुनेछन् । पछिल्लो समय नेपाली टोलीसँग रहँदै आएका पात्र नामिबिया जानुअघि नेपाली टोलीसँग अभ्यासका क्रममा जिम्बावे भ्रमणमा थिए । उनी आइतबार नेपाल आउने छन् ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?