१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

विकास रनिङ सिल्ड यसै साता

कान्तिपुर संवाददाता

चितवन — नारायणगढ क्याम्पाचौरमा बिहीबारदेखि १३ औं टुबोर्ग विकास सिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । विकास सिल्ड समितिले आयोजना गर्ने प्रतियोगितामा एक भारतीय क्लबसहित १२ टोलीले भाग लिने छन् ।

विजेता ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यो वर्ष पुरस्कार रकम बढेको हो । गत वर्ष विजेताले ३ लाख र उपविजेताले डेढ लाख पाएका थिए । प्रतियोगितामा तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफका साथै मनाङ मस्र्याङ्दी, थ्रीस्टार, फ्रेन्ड्स, संकटासहित एनएफसी चितवन, बीएफसी चितवन, विजय युथ क्लब हेटौंडा र सुदूरपश्चिम क्लब धनगढीले भाग लिने छन् । सिक्किमबाट सिक्किम ब्वाइज क्लब सहभागी हुने आयोजक समितिका अध्यक्ष श्याम पियाले बताए ।


२०३१ सालदेखि सुरु भएको प्रतियोगिता बीचमा रोकिएको थियो । गत वर्षबाट पुनल् सुरु भएको हो । तयोगिताका लागि अस्थायी प्यारापिट बनाइएको छ 

प्रकाशित : फाल्गुन ६, २०७४ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?