कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मी विजयी 

कान्तिपुर संवाददाता

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले प्रधानसेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबलमा आइतबार मध्यपश्चिमलाई सोझो सेटमा पराजित गरेको छ । 

आर्मी विजयी 

ललितपुरस्थित सैनिक शारीरिक तथा खेलकुद प्रशिक्षण केन्द्रको कभर्डहलमा लगातार तेस्रो उपाधि जित्ने दाउमा रहेको आर्मी टोली २५–८, २५–१२, २५–१४ ले विजयी रह्यो । अर्को खेलमा पश्चिमाञ्चलले पूर्वाञ्चलमाथि २५–१७, २५–२१, २५–१४ को सोझो सेटमा जित पायो । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आर्मीसँगै मध्यपश्चिम, सुदूरपश्चिम र एपीएफ तथा समूह ‘बी’ मा नेपाल पुलिस क्लब, मध्यमाञ्चल, पूर्वाञ्चल र पश्चिमाञ्चल छन् । विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार तथा तेस्रो हुनेले ७५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । फाइनल शनिबार हुनेछ ।


प्रकाशित : फाल्गुन ७, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?