कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एपीएफ च्याम्पियन

ठाकुरसिंह थारु

नेपालगन्ज — प्रधानमन्त्री कप महिला भलिबलको पाँचौं संस्करण विभागीय टोली एपीएफ क्लबले जितेको छ । नेपालगन्ज रंगशालामा सोमबार सशस्त्र प्रहरीको एपीएफले चिरप्रतिद्वन्द्वी शिवम् न्यु डायमन्ड एकेडेमीलाई ३–२ को सेटमा हराउँदै ट्रफी उचालेको हो । 

एपीएफ च्याम्पियन

न्यु डायमन्डले पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पार्‍यो । तर, दोस्रो र तेस्रो सेटमा डाइमन्ड पछाडि परेको थियो । २५–२१, २५–१६ ले एपीएफले सेट जित्यो । चौथो सेटमा न्यु डाइमन्डले २५–२१ ले सेट आफ्नो पक्षमा पार्दै खेल २–२ सेटको बराबरीमा ल्यायो ।

अन्तिम सेटमा न्यु डायमन्डका खेलाडीले दुईपल्ट सर्भिस बिगारेपछि एपीएफको भाग्य चम्किएको थियो । एपीएफले १९–१७ ले सेट आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो । उपाधिसँगै एपीएफले २ लाख र न्यु डायमन्डले १ लाख रुपैयाँ पुरस्कार पाए ।

एपीएफ र न्यु डायमन्ड नेपाली महिला भलिबलका सदाबहार प्रतिस्पर्धी हुन् । नेपालमा हुने हरेक प्रतियोगिता यी दुई टोली फाइनल भिड्दै आएका छन् । योसहित पछिल्लो चार प्रतियोगितामा एपीएफले न्यु डायमन्डलाई हराउँदै आएको छ । एपीएफले राजधानीमा भएका ढोरपाटन डबल लिग र शिवम् डायमन्ड कप, चितवनको पटिहानीमा भएको नगर कपमा डायमन्डलाई हराएर उपाधि जितेको छ ।

तेस्रो स्थानका लागि भएको खेलमा पाहुना टोली बंगलादेशको इफाट क्लबलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लबले ५० हजार रुपैयाँ जितेको छ । पुलिसले २५–१६, २५–९, २५–१५ को सोझो सेटमा जित पायो ।

प्रकाशित : फाल्गुन ८, २०७४ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?