कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थ्रीस्टारलाई संकटाको झट्का

हेटौंडा गोल्डकप
नगेन्द्र अधिकारी

हेटौंडा — ‘ए’ डिभिजन टोली थ्रीस्टार क्लब हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ । मंगलबार संकटा क्लबसँग १–० ले पराजित भएपछि थ्रीस्टारको अगाडिको यात्रा रोकिएको हो ।

थ्रीस्टारलाई संकटाको झट्का

संकटाको जितमा एकमात्र निर्णायक गोल कर्ण लिम्बूले गरेका थिए । कर्णले खेलको ८३ औं मिनेटमा सिक्स यार्ड बक्सबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसलाई जोगाउने थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले कुनै मौका पाएनन् ।


कर्ण म्यान अफ द म्याचसमेत घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे । हेटौंडा–१० स्थित वन विज्ञान संस्थानको मैदानमा दुवै टोलीले राम्रो मौका सिर्जना गरे पनि गोल गर्न चुके । खेलको १४ औं मिनेटमा संकटाका विदेशी खेलाडी सेड्रिक आबाको प्रहार र ४२ औं मिनेटमा प्रकाश बुढाथोकीले सिक्स यार्ड बक्सबाट गरेको हेड बललाई गोलरक्षक एलनले बचाएर गोल हुन दिएनन् । थ्रीस्टारका विदेशी खेलाडी अजायी मार्टिन पनि ४३ औं मिनेटमा वन भर्सेस वनको स्थितिमा गोल गर्न चुकेका थिए । खेलको ८८ औं मिनेटमा थ्रीस्टारका सुनील बलले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार पोलमा लागेर फर्किएको थियो । ९१ औं मिनेटमा संकटाका कर्ण लिम्बूले फ्लिक गरेको बल पोलमा लागेर फर्किंदा अग्रता दोब्बर बनाउन संकटा चुकेको थियो ।


संकटाका प्रशिक्षक सल्यान खड्गीले आफ्नो रणनीति सफल भएको दाबी गरे । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले खेल हारे पनि आफू खेलाडीको खेलबाट सन्तुष्ट रहेको बताए । सेमिफाइनलमा संकटाले नेपाल पुलिस र मनाङ मस्र्याङ्दीले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछन् । बुधबार मनाङ र आर्मी भिड्ने छन् । आयोजक सुमन भोम्जन खेलकुद प्रतिष्ठानले जनाएको छ । प्रतियोगिता भइरहेको छ ।


रेफ्रीविरुद्ध उजुरी

रेफ्री सुदीश पाण्डेको गलत निर्णयको कारण टाइब्रेकरमा पराजित हुनुपरेको भन्दै सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले आयोजक सुमन भोम्जन खेलकुद प्रतिष्ठान, राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटवल संघमा उजुरी दिएको छ । पत्रकार सम्मेलन गर्दै क्लबले आफ्ना खेलाडीको गोल नदिई अन्याय गरेको आरोप लगाए । ‘हाम्रा खेलाडीले हानेको बल गोललाइनभित्र प्रवेश गरे पनि त्यसलाई रेफ्रीबाट गोल दिइएन,’ अध्यक्ष सुरेश हमालले भने, ‘फुटबल विकासमा नै असर पार्ने यस्ता खाले निर्णय गर्नेलाई कारबाहीका लागि सम्बन्धित निकायमा अनुरोध गर्दछौं ।’

प्रकाशित : फाल्गुन ९, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?