कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सन्दीप र प्रशिक्षक खड्का सम्मानित

रमेशकुमार पौडेल

चितवन — राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने र उनका प्रारम्भिक प्रशिक्षक राजु खड्कालाई चितवन जिल्ला क्रिकेट संघले बुधबार भरतपुरमा सम्मान गरेको छ । खड्का राष्ट्रिय टोलीका पूर्व कप्तान हुन् । उनले ११ वर्षयता नारायणगढमा क्रिकेट प्रशिक्षण सञ्चालन गर्दै आएका छन् ।

‘लगभग दुई वर्षअघि सन्दीप मलाई भेट्न आएका थिए । उनी खोज्दै खोज्दै आफैं आएका थिए,’ प्रशिक्षक खड्काले सुरुआती दिन सम्झिए । भारतमा अलि अलि क्रिकेट खेलेको र थप सिक्न चाहेको बताएपछि प्रशिक्षणका लागि राखेको खड्काले बताए । सन्दीपले सुरुआतमा नै राम्रो सम्भावना देखाए पनि यति चाँडै नै यो प्रगति गर्ला भन्ने आफूले पनि नसोचेको उनको भनाइ छ ।


सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि छनोट भएका छन् । विश्वका चर्चित क्रिकेट खेलाडी खेल्न आउने आईपीएलमा छनोट हुने सन्दीप पहिलो नेपाली क्रिकेटर हुन् । उमेर समूहबाट खेल्दै आएका सन्दीप हालै नामिबियामा सम्पन्न डिभिजन २ खेलेर फर्किएका हुन् ।


डिभिजन टुको फाइनल पनि खेलेको नेपाल उपविजेता रह्यो । प्रतियोगितामा सन्दीप १७ विकेट लिँदै म्यान अफ द सिरिज भएका थिए । आईपीएलमा छनोट हुनुको प्रमुख कारण पनि बलिङ नै भएको सन्दीपले बताए । ‘आफ्नो टिममा लिनु अघि दिल्ली डेयरडेभिल्सले पनि मेरो बलिङ हेरेको थियो । त्यो बेला मैले सकेको राम्रो गरेको थिएँ । यही बलिङले नै मलाई छनोट गराएको हुनुपर्छ,’ सन्दीपले भने । चितवन जिल्ला क्रिकेट संघले सन्दीपलाई २० हजार रुपैयाँसहित सम्मान गरेको हो । प्रशिक्षक खड्कालाई १० हजार प्रदान गरियो । उनीहरूलाई संघका उपाध्यक्ष राजु गुप्ताले सम्मान गरे ।

प्रकाशित : फाल्गुन १०, २०७४ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?