कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दर्छालाई उपाधि

माधव अर्याल

पाल्पा — रामपुर नगरपालिकाको आयोजनामा शुक्रबार सम्पन्न प्रथम मेयर कप रनिङ सिल्ड भलिवल प्रतियोगिताको उपाधि पुरुषतर्फ दर्छा र महिलातर्फ गाँडाकोट ‘ए’ ले जितेको छ ।

दर्छालाई उपाधि

पुरुषतर्फको फाइनलमा दर्छाले गाँडाकोटलाई २५–१८, २४–२६, २५–२३, २५–१५ ले हराउँदै उपाधि जितेको हो । प्रथम स्थान हासिल गरेको दर्छाले १५ हजार रुपैयाँ तथा दोस्रो स्थानको गाँडाकोटले १० हजार प्राप्त गरे । तेस्रो स्थानको रामपुरले ५ हजारमा चित्त बुझायो ।


महिलातर्फ फाइनलमा गाँडाकोट ‘ए’ ले गाँडाकोट ‘बी’ लाई सोझो सेटले पछि पार्‍यो । गाँडाकोट ‘ए’ ले २५–१४, २५–१५ को जितसँगै ८ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेताले ५ हजार प्राप्त गर्‍यो । पुरुषतर्फ दर्छाका नारायण थापा र महिलातर्फ गाँडाकोट ‘ए’ की शान्ति खाँण उत्कृष्ट खेलाडी भए ।


विजयी टोलीलाई नगरप्रमुख रमणबहादुर थापा, उपप्रमुख विष्णुदेवी आचार्य घिमिरे, नगर खेलकुद विकास समितिका अध्यक्ष शंकरबहादुर खाँडले नगद, मेडल, प्रमाणपत्र वितरण गरे ।


स्थानीयस्तरबाटै भलिबल प्रवद्र्धन गर्ने उद्देश्यले नगर खेलकुद विकास समिति रामपुरले प्रतियोगिताको आयोजना गरेको हो । पुरस्कार वितरण गर्दै मेयर थापाले युवालाई अनुशासनसँगै समाज रूपान्तरणतर्फ अग्रसर गराउने माध्यम खेलकुद भएको बताए ।


रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी आचार्यले आगामी दिनमा युवालाई अनुशासित बनाउन पनि खेलकुदलाई महत्त्व दिने बताए । रामपुर नगरपालिकामा १० वडा रहेकोमा पुरुषतर्फ सबै वडाबाट सहभागिता थियो भने महिलातर्फ ६ वडाले मात्र भाग लिएका थिए ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?