कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थ्रीस्टारको टाइब्रेकर जित

तिलोत्तमा गोल्डकप
अमृता अनमोल

बुटवल — रुस्लान थ्रीस्टार क्लबले सोमबार फ्रेन्ड्स क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै २० औं तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । 

थ्रीस्टारको टाइब्रेकर जित

निर्धारित समयमा दुवैबाट २–२ गोल भएपछि पेनाल्टी सुटआउटबाट विजेता टुंगो लगाइएको थियो । टाइब्रेकरमा थ्रीस्टारका विजय धिमाल, नीरज बस्नेत, नीराजन खड्का र बुद्ध चेम्जोङले गोल गरे । सुरुमा थ्रीस्टारका रेजिन धिमालको प्रहार फ्रेन्ड्सका गोलरक्षक राजनबाबा थापाले रोकेका थिए ।


फ्रेन्ड्सको तर्फबाट कुलदीप कार्की, जाङ्बु शेर्पा र बर्सात गुरुङले गोल गरे । सरोज योञ्जनको प्रहार पोस्टभन्दा बाहिर पुगेको थियो । फ्रेन्ड्सका विदेशी खेलाडी साइलाको प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले बचाएका थिए ।

निर्धारित खेलमा फ्रेन्ड्सका विदेशी खेलाडी जोनल ग्लोरीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले पाँचौं मिनेटमा सरोज योञ्जनको पासमा गोल गरे । थ्रीस्टारले २१ औं मिनेटमा बराबरी गोल फर्कायो । टोलीका विदेशी खेलाडी अजायी मार्टिनले गोल गरेर खेल बराबरीमा ल्याए । उनले प्राप्त फ्रि–किक सदुपयोग गर्दै मार्टिनले गोल गरेका थिए । पहिलो हाफ १–१ ले टुंगियो ।

खेलको ४८ औं मिनेटमा थ्रीस्टारका सुजन श्रेष्ठले गोल गरेर २–१ ले टोलीलाई अगाडि बढाए । उनले रेजिन धिमालको पासमा गोल गरेका हुन् । बल बचाउने गोलरक्षक राजनबाबाको प्रयास सफल भएन । त्यसपछि खेल निकै आक्रामक भयो । खेलको ८५ औं मिनेटमा फ्रेन्ड्सका साइलाले गोल गरेर पुन: खेल बराबरीमा ल्याएका थिए । फ्रेन्ड्सका खेलाडीको धेरै प्रयाससामु गोलरक्षक एलन बाधक बने ।


थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीले अपेक्षाअनुसार नखेले पनि जित्न सफल भएको बताए । उनले निरन्तरको खेल हुनु र पाएका अवसर पनि सदुपयोग गर्न नसक्दा जित कठिन भएका बताए । केसीले आगामी खेलमा त्यसलाई सुधार्ने बताए ।

फ्रेन्ड्सका प्रशिक्षक रमेश महर्जनले खेलाडीहरूले राम्रो तालमेलमा खेले पनि पेनाल्टीका कारण अवसर गुमेको बताए । खेलमा हार–जित जे भए पनि खेलाडीको प्रदर्शन उत्साहजनक रहेको उनको प्रतिक्रिया थियो । खेलमा थ्रीस्टारका गोलरक्षक एलन न्यौपाने म्याच अफ द म्यान घोषित भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।

आजको खेल

त्रिभुवन आर्मीविरुद्ध मनाङ मस्र्याङ्दी

प्रकाशित : फाल्गुन २९, २०७४ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?