१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

चौथो उपत्यकाव्यापी भलिबल प्रतियोगिता सम्पन्न

छात्राको उपाधि जनप्रेमी माविलाई
कान्तिपुर संवाददाता

भक्तपुर — चौथो उपत्यकाव्यापी छात्र तथा छात्रा एजे कप भलिबल प्रतियोगितको छात्रातर्फको उपाधि जनप्रेमी माध्यामिक विद्यालय कौशलटारले जितेको छ । बुधबार बिहान भएको फाइनल खेलमा जनप्रेमीले आदर्श ज्योति स्कुललाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । 

चौथो उपत्यकाव्यापी भलिबल प्रतियोगिता सम्पन्न

यस्तै छात्र तर्फ ग्यासियर स्कुल काठमाडौंले आदर्श ज्योति माविलाई ३-१ को सेटले पराजित गर्दै उपाधि जित्यो ।


छात्रा तर्फको खेलमा आदर्श स्कुल दोस्रो भयो भने तेस्रो स्थान दिव्यदिप स्कुलले प्राप्त गर्‍यो ।


छात्र तर्फ पनि आदर्श ज्योतिले दोस्रो स्थानमा नै चित्त बुझाउन पर्‍यो भने तेस्रो भएर वागेश्वरी माविले चित्त बुझायो ।


पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश १०, ५ र ३ हजार नगद सहित ट्रफी र प्रमाण पत्र पाएका छन् ।


प्रतियोगिताको उत्कृष्ट छात्रा खेलाडी जनप्रेमीका अशोका देवकोटा भइन् भने छात्रतर्फ ग्यासियरका विशाल बस्नेत भए । उत्कृष्ट कोच जनप्रेमी रुपेश विष्ट भए ।


प्रतियोगितामा छात्र तर्फ १० टोली र छात्रातर्फ ७ टोली सहभागी भएका थिए ।


प्रतियोगिता आदर्श ज्योति स्कुलमा गत फागुन २४ गतेदेखि सुरु भएको थियो ।


प्रकाशित : फाल्गुन ३०, २०७४ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?