कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यानचेस्टर च्याम्पियन्स लिगबाट बाहिरियो

एएफपी

पेरिस — घरेलु मैदानमा खराव प्रदर्शन सँगै म्यानचेस्टर युनाइटेड मंगलबार राति युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएको छ । ओल्ड ट्रायफोर्डमा म्यानचेस्टर सेभियाको हातबाट २–१ ले पराजित रह्यो ।

म्यानचेस्टर च्याम्पियन्स लिगबाट बाहिरियो

यससँगै स्पेनी क्लबले समग्रमा २–१ को अग्रता लिन पनि सफल रह्यो र अन्तिम ८ मा पुग्यो । सेभियाका लागि दुवै गोल विसम बेनले गरे । म्यानचेस्टरबाट रोमेलु लुकाकुले एक गोल फर्काए ।


अर्को खेलमा एएस रोमाले साख्तर डोनेस्कलाई १–० ले हरायो र क्वाटरफाइनल चरण पुग्न सफल रह्यो । इटालीको सिरी ए क्लब घर बाहिरको गोलको आधारमा अगाडि बढेको हो । दुवै टिम २–१ को बराबरीमा रहे ।

प्रकाशित : फाल्गुन ३०, २०७४ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?