कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङ सेमिफाइनलमा

कान्तिपुर संवाददाता

बुटवल — लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब मंगलबार त्रिभुवन आर्मीलाई ३–० ले पराजित गर्दै २० औं तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

मनाङ सेमिफाइनलमा

मनाङले झापा गोल्डकपमा आर्मीसँग बेहोरेको हारको बदला लिएको छ । आइतबार झापा गोल्डकप जितेको आर्मीले यहाँ भने दोस्रो रोजाइका खेलाडी उतारेको थियो । मनाङले बिहीबार थ्रीस्टारसँग फाइनल पुग्नका प्रतिस्पर्धा गर्नेछ ।

मनाङको जितमा विशाल राईले दुई र विदेशी खेलाडी अमोबी भिक्टरले एक गोल गरे । विवेक बस्नेतको कर्नर सदुपयोग गर्दै विशालले पहिलो हाफको ४० औं मिनटमा गोल गरे । दोस्रो गोल थप्न भने मनाङले लामो समय कुनुपर्‍यो । ९० औं मिनेटमा मध्यभागमा एक्लै अगाडि बढाएको बलमा विशालले गोल गरेका थिए । त्यसपछि इन्ज्युरी समयमा भिक्टरले गोल थपेर खेल ३–० मा टुंग्याए । फ्लोरेन्सको पासमा भिक्टरले गोल गरेका हुन् ।

आर्मी पटक–पटकको अवसर सदुपयोग गर्न चुक्यो । आर्मीका विवेक बस्नेत, अनिश शाक्य, राजीव गुरुङ र युद्ध शाहीले पोस्टमा आक्रमण गरे पनि मनाङका गोलरक्षक विशाल श्रेष्ठ बाधक बने ।

पहिलो हाफ आक्रामक खेलेको आर्मी दोस्रो हाफमा कमजोर बन्यो । पहिलो हाफ समन्वय अभावमा आर्मीको आक्रमण खेपेको मनाङले दोस्रो हाफमा लय समात्यो । आर्मीका युद्ध शाहीलाई हात हालेपछि मनाङका दोर्ण थापाले रातो कार्ड पाए । मनाङ प्रशिक्षक शैलेश कर्माचार्यले निरन्तरको खेलले थाकेको र नयाँ खेलाडी संयोजनका कारण उत्कृष्ट खेल पस्कन नसके पनि जित निकालेको बताए ।

आर्मीका प्रशिक्षक महेन्द्र खवासले जुनियर खेलाडीलाई मैदानमा उतारेकाले टिम समन्वयमा अभाव खडकएको बताए । झापा गोल्डकपका कारण मुख्य खेलाडी उतै रहेकाले अतिरिक्त र बी समूहका खेलाडीबाट काम चलाउँदा हार बेहोरेको उनले सुनाए ।

मनाङका विशाल राई म्यान अफ द म्याच घोषित भए । उनले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाए । बुधबार नेपाल पुलिस र आयोजक लाली रूपन्देही ११ बीच पहिलो सेमिफाइनल हुनेछ ।

प्रकाशित : फाल्गुन ३०, २०७४ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?