कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल ४५ रनले पराजित [अपडेट]

विश्वकप छनोट क्रिकेट

काठमाडौँ — विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफ खेलमा नेपाल नेदरल्यान्ड्ससँग ४५ रनले पराजित भएको छ । 
नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ९० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४४.४ ओभरमा १ सय ४४ रन जोड्दै अल आउट भयो ।

नेपाल ४५ रनले पराजित [अपडेट]

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३६ रन जोडे । दीपेन्द्रसिंह ऐरीले २५ तथा पारस खड्काले २२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । ज्ञानेन्द्र मल्ल (४), अनिल साह (८), आरिफ शेख (५) र रोहित पौडेल (०) ले निराशाजनक प्रदर्शन गरे । नेदरल्यान्ड्सका रोलफ भान डर मर्वले ४ विकेट लिए ।


त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८९ रन जोडेको थियो । नेपालका सोमपाल कामीले ४, सन्दीप लामिछाने र ललित नारायण राजवंशीले २-२ तथा शक्ति गौचनले १ विकेट लिए ।


नेदरल्यान्ड्सका बास डे लिडले ३९ तथा म्याक्स ओ डाउडले २८ रनको योगदान दिए । रोलफ भान डर मर्व र स्कट एडवार्ड्सले २५-२५ रन जोडेपछि नेदरल्यान्ड्स केही सम्हलिएको थियो ।


...............

विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफ खेलमा पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले नेपाललाई जितको लागि १ सय ९० रनको लक्ष्य दिएको छ ।


टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८९ रन जोड्यो । नेपालका सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । त्यसबाहेक सन्दीप लामिछाने र ललित नारायण राजवंशीले २-२ तथा शक्ति गौचनले १ विकेट हात पारे । नेदरल्यान्ड्सका बास डे लिडले ३९ तथा म्याक्स ओ डाउडले २८ रनको योगदान दिए ।


रोलफ भान डर मर्व र स्कट एडवार्ड्सले २५-२५ रन जोडेपछि नेदरल्यान्ड्स केही सम्हलिएको थियो । अन्त्यतिर पिटर सिलार र सेन स्नेटर २३-२३ रन जोड्दै टोलीको योगफल उकासे ।

नेपालले बिहीबार अघिल्लो खेलमा पपुवा न्यु गिनीलाई प्ले–अफमा ६ विकेटले पराजित गरेको थियो । त्यँही दिन नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले वानडे अन्तर्राष्ट्रिय मान्यता पाउने निश्चित भएको थियो ।

लाइभ अपडेटको लागि कान्तिपुरको ट्विटर ह्यान्डल फलो गर्नुहोस् ।


नेपाल र नेदरल्यान्ड्स बीचको खेल क्वे क्वे स्थित क्वे क्वे स्पोर्टस क्लबमा हुनेछ । नेदरल्यान्ड्सले हङकङसँगको म्याच यही मैदानमा खेलेको थियो । नेपालले प्रतियोगिता सुरु हुनु अघिको अभ्यास खेल यो मैदानमा खेलेको थियो ।


नेपाल र नेदरल्यान्ड्स यस प्रतियोगितापछि वानडे अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र बन्ने छन् । नेपाल र नेदरल्यान्ड्सका बीच अहिले सम्म ४ खेल खेलिसकेका छन् । त्यसमा दुबै टोलीले २–२ खेल जितेका छन् । २०१६ को जुलाईमा नेदरल्यान्ड्सको एमस्ट्राडाममा भएको खेलमा पारस खड्काको ८४ रनमा नेपालले १९ रनको विजय हात पारेको थियो ।

प्रकाशित : चैत्र ३, २०७४ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?