कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चेल्सी अन्तिम चारमा

एएफपी

लन्डन — पेड्रो रोडरिग्वेजले वेञ्चबाट आउँदै निर्णायक गोल गरेपछि चेल्सीले आइतबार राति अतिरिक्त समयमा लेस्टरलाई २–१ ले हरायो र एफएकपको अन्तिम चारमा प्रवेश गर्‍यो । 

चेल्सी अन्तिम चारमा

चेल्सीले अल्भारो मोराटाको गोलले अग्रता लिएपछि जेमी भार्डीले लेस्टरका लागि बराबरी गरे ।

यस्तोमा खेल अतिरिक्त समयमा गएको थियो । यसअघि साउथह्याम्पटनले विगनलाई २–० ले हराएको थियो ।


अब सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडले टोटनहमको सामना गर्नेछ भने चेल्सीले फाइनल प्रवेशका लागि साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : चैत्र ५, २०७४ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?