कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनगढीलाई जेसिज कप

दाङ — घोराही उपमहानगरपालिका–१७ स्थित गुलरिया मैदानमा सम्पन्न जेसिज कप टी–२० अन्तरक्लब क्रिकेटको उपाधि धनगढी क्रिकेट एकेडेमीले जितेको छ ।

उसले आइतबार भएको फाइनलमा जगवार क्रिकेट क्लब, नेपालगन्जलाई ५९ रनले हराएर धनगढीले उपाधि जितेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा १ सय ५१ रन बनाएको थियो । त्यसमा वसन्त सिंह कार्कीले सर्वाधिक ४८ रन योगदान गरे । उनले ५१ बलको सामना गर्दै ३ छक्का र २ चौका प्रहार गरेका थिए । त्यस्तै, प्रकाश जैसीले ३ चौका र १ छक्का प्रहार गर्दै ३० रन जोडेका थिए । जगवारका रमेश सिंहले चार विकेट लिए भने मेराज अन्सारीको नाममा पनि एक विकेट रह्यो ।

एक सय ५२ रनको विजयी लक्ष्यसहित क्रिजमा ओर्लिएको जगवार १८.४ ओभरमा ९२ रनमै अलआउट भयो । इमरान आशेपले २१ रन जोडे पनि अन्य ब्याट्सम्यानले रनको दोहोरो अंक जोड्न सकेनन् । जगवारलाई सस्तैमा समेट्ने क्रममा धनगढीका पवन कार्कीले र विनोद लामाले ३–३ विकेट लिए ।

धनगढीका वसन्त सिंह कार्की म्यान अफ द म्याच घोषित भए । घोराही क्रिकेट एकेडेमीका सन्देश पाण्डेलाई उदीयमान खेलाडी, जगवार क्रिकेट क्लबका सुनील सुनारलाई उत्कृष्ट बलर र होराइजन क्रिकेट क्लब, रूपन्देहीका कृष्ण कार्कीलाई उत्कृष्ट ब्याट्सम्यानको पुरस्कार दिइयो । कृष्ण कार्कीले म्यान अफ द सिरिजको पनि पुरस्कार हात पारे । फागुन २६ देखि सञ्चालित प्रतियोगितामा १६ क्लबले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : चैत्र ५, २०७४ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?