कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मी अपराजित

काठमाडौँ — त्रिभुवन आर्मी क्लबले क्वीक्स बास्केटबल लिगमा सोमबार अपराजित यात्रा कायमै राखेको छ ।

आर्मी अपराजित

आर्मीले जेभियर कलेजलाई ९३–७३ ले पराजित गर्दै लिगमा लगातार ११ औं जित दर्ता गरायो । पहिलो क्वाटरमा २३–२८ ले पछि परेको आर्मीले उत्कृष्ट पुनरागमन गरेर अपराजित यात्रा कायमै राखेको हो । सदीश प्रधानले सर्वाधिक २६, रविन खत्रीले २२ र प्लेयर अफ द म्याच आयुश सिंहले १९ अंक जोडे ।

अर्को खेलमा एएनके कीर्तिपुर बास्केटबल टिमले विशाल मिलन केन्द्र (बीएमके) लाई ६०–५१ अंकले हरायो ।

कीर्तिपुरको जितमा अभिषेक सिंहले १७ तथा अनिल शाहिले ११ अंक जोडे । जितसँगै कीर्तिपुरले १० खेलबाट १५ अंक जोड्दै प्ले–अफमा पुग्ने सम्भावना जीवितै राखेको छ । विशाल मिलन केन्द्रले ११ खेलबाट २४ अंक जोडेको छ ।

प्रकाशित : चैत्र ६, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?