कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालगन्ज कपको टिम सार्वजनिक

नेपालगन्ज — नेपालगन्ज कप क्रिकेटमा भाग लिने ६ फ्रेन्चाइज टिम सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको मैदान कोहलपुरमा वैशाख ३ बाट प्रतियोगिता हुँदै छ ।

बर्दिया टाइगर्स, बाँके ब्लास्टर, रोल्पा गोरिल्लाज, लुम्बिनी यात्रिज, पाल्पा योद्धा र दंगाली गोर्खाज प्रतिस्पर्धी हुने छन् ।

जिल्लामा पहिलोपल्ट अक्सनबाट टिम मालिक छनोट गरिनेछ । प्रत्येक टिममा १५ खेलाडी र एक प्रशिक्षक रहने छन् । अक्सनका लागि दर्ता प्रक्रिया सुरु भएको प्रतियोगिताका इभेन्ट डाइरेक्टर सौगातविक्रम शाहले बताए । यसका लागि ९० खेलाडी छनोट भएका छन् । नयाँ प्रतिभालाई समेत अवसर दिइने जनाइएको छ । खेलाडी छनोट समितिमा प्रशिक्षक दीपेन्द्रप्रताप सिंह, जमिल अन्सारी लगायतको टोली छ ।

प्रकाशित : चैत्र १७, २०७४ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?