कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्सनल युरोपा लिगको सेमिफाइनलमा

एएफपी

मस्को — ड्यानी वेलबेक र आरोन राम्जीको दोस्रो हाफको गोलको मद्दतले आर्सनलले सीएसकेए मस्कोलाई समग्रमा ६-३ ले हराउँदै युरोपा लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ । 

आर्सनल युरोपा लिगको सेमिफाइनलमा

बिहीबार मस्कोमा २-२ को बराबरी खेल्दै इंग्लिस टोली अर्को चरणमा प्रवेश गर्‍यो ।


एक समय घरेलु टोलीले २-० को अग्रता लिँदै खेलमा फर्कने संकेत देखाएको थियो । फेडोर चालोभ र किरिल नाबाब्किनले टोलीलाई अग्रता दिलाएका थिए ।


अर्को खेलमा मार्सेले आरबी लेप्जिगलाई समग्रमा ५-३ ले हरायो । साल्जबर्गले घरेलु मैदानमा लाजियोलाई ४-१ ले पराजित गर्दै समग्रमा ६-५ ले पराजित गर्‍यो । स्पोर्टिङ लिस्बनले एट्लेटिको म्याड्रिडलाई १-० ले हराएपनि स्पेनिस टोलीले समग्रमा २-१ को जित हात पार्‍यो ।

प्रकाशित : चैत्र ३०, २०७४ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?