कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पिपुल्स च्वाइसमा पाँच खेलाडी

काठमाडौँ — एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४ को पिपुल्स च्वाइस विधाको मनोनयनमा पहिलोपल्ट पुरुष भलिबल खेलाडी परेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार सार्वजनिक गरेको ५ खेलाडीको मनोनयनमा राष्ट्रिय खेल भलिबलका मानबहादुर श्रेष्ठ परेका छन् ।

पिपुल्स च्वाइसमा पाँच खेलाडी

यसअघि महिला भलिबलका तीन खेलाडी मञ्जु गुरुङ, सिपोरा गुरुङ, रमिला तण्डुकारले यो अवार्ड जितिसकेका छन् । मानबहादुरको प्रतिस्पर्धीमा फुटबलका किरण चेम्जोङ, क्रिकेटका सन्दीप लामिछाने, टेबलटेनिसका स्यान्टु श्रेष्ठ र गल्फकी प्रतिमा शेर्पा छन् । आठ विधामा हुने स्पोर्ट्स अवार्ड जेठ ३ मा आर्मी अफिसर्स क्लबको हलमा हुनेछ ।

किरणले भारतीय क्लब मिनेर्भा पन्जाबबाट आई–लिग उपाधि जितेका थिए भने नेपालकी नम्बर एक महिला गल्फर प्रतिमा वर्षभर देश–विदेशको मिडियामा छाइन् । नेपालले अन्तर्राष्ट्रिय वान–डे मान्यता पाउँदा महत्त्वपूर्ण भूमिका निभाएका सन्दीप आईपीएलको दिल्ली डेयरडेभिल्समा अक्सनमार्फत अनुबन्धित भएका थिए । घरेलु प्रतियोगितामा आर्मीलाई ६ मध्ये ५ उपाधि दिलाएका मानबहादुरसँगै पुलिस क्लबका युवा टेबलटेनिस स्टार स्यान्टु यस विधामा छन् ।

वर्षभर चर्चा कमाएका खेलाडी मनोनयनमा परेको आयोजक मञ्चले जनाएको छ । यसपालि विजेता घोषणाको प्रक्रिया अलि फरक रहेको जनाइएको छ । एसएमएस भोटिङ र फेसबुक लाइकको मतभार ५० प्रतिशत तथा प्रशिक्षक र मञ्चका सदस्यको मतभार २५–२५ प्रतिशत गरी ५० प्रतिशतको रहनेछ ।

सातौं राष्ट्रिय खेलकुदमा सहभागी ३५ खेलका प्रमुख प्रशिक्षक प्रशिक्षक र मञ्चका सबै सदस्यले मत दिन पाउने व्यवस्था गरिएको मञ्चका अध्यक्ष महेश आचार्यले बताए ।

प्रकाशित : वैशाख १३, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?