कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेस्रो इटहरी क्रिकेट प्रतियोगिताको तयारी सुरु 

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको इटहरीमा वैशाख अन्तिम सातादेखि हुने तेस्रो इटहरी क्रिकेट प्रतियोगिताको तयारी सुरु भएको छ । सेभेन स्टार क्लबद्वारा इटहरीको  डीभीएम क्रिकेट खेल मैदानमा नक आउट आधारमा वैशाख २९ देखि जेठ ५ गतेसम्म सञ्चालन हुने उक‍्त प्रतियोगिताको तयारी सुरु गरिएको हो । 

तेस्रो इटहरी क्रिकेट प्रतियोगिताको तयारी सुरु 

आयोजक क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै तयारीबारे जानकारी जानकारी दिएको हो । क्लबका अध्यक्ष सीपी पौडेलका अनुसार प्रतियोगितामा तेस्रो इटहरी राष्ट्रिय क्रिकेट प्रतियोगिताको डिफेण्डिङ्ग च्याम्पियन पुलिस क्लबसहित ८ वटा टिमको सहभागिता रहनेछ ।


प्रतियोगितामा विजयी टिमले नगद ७५ हजार रुपैयाँ सहित ट्रफी र अन्य पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएकाे छ । उपविजेताले नगद ४० हजार रुपैयाँ र म्यान आफ द म्याच हुनेलाई १० हजार नगद र अन्य पुरस्कार प्रदान गरिने छ ।


प्रतियोगिताको मुख्य संयोजन इटहरी उपमहानगरपालिकाले गर्ने छ ।


प्रकाशित : वैशाख १३, २०७५ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?