कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एटलेटिकोले जित्यो युरोपा लिग

एएफपी

लियोन — एन्टोन ग्रिजमनको दुई गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार राति मार्सेलाई ३–० ले हराउँदै युरोपालिग जितेको छ ।

एटलेटिकोले जित्यो युरोपा लिग

पछिल्लो नौ वर्षमा एटलेटिकोले युरोपा लिग जितेको यो तेस्रो अवसर हो । ग्रिजमनले २१ र ४९ औं मिनेटमा गोल गरे । कप्तान ग्याबीले खेल सकिन एक मिनेट अगाडि तेस्रो गोल थपे । एटलेटिकोले सन् २०१० र २०१२ मा पनि युरोपालिग जितेको थियो ।

एटलेटिको युरोपेली क्लब फुटबलमा पछिल्लो समय प्रमुख शक्तिका रूपमा रहेको छ । स्पेनी ला लिगामा बार्सिलोना र रियल म्याड्रिडका वर्चश्व तोडेर सन् २०१३–१४ को लिग जितेको एटलेटिको प्रदर्शन नियमित रूपमा उत्कृष्ट रहेको छ ।

प्रकाशित : जेष्ठ ३, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?