कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रूपन्देहीको दोस्रो जित

सुर्खेत — कर्णाली प्रिमियर लिग (केपीएल) ट्वान्टी–२० क्रिकेटमा धनगढी क्रिकेट एकेडेमीले लगातार तेस्रो जित पाएको छ । रूपन्देही ११ ले शनिबारै त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हरायो । आर्मीको यो दोस्रो जित हो ।

रूपन्देहीको दोस्रो जित

समूह ‘ए’ मा टीकापुर क्रिकेट क्लब र रूपन्देही समान ४ अंक बटुल्दै शीर्षस्थानमा छन् । समूह ‘बी’ मा ६ अंक बटुल्दै धनगढी अगाडि छ । मध्यपश्चिम क्रिकेट क्लब २ अंकसहित दोस्रो स्थानमा छ । मध्यपश्चिमले शनिबारै रोयल राइजिङ क्लबलाई ८ विकेटले हरायो । टस हारेर ब्याटिङ गरेको रोयलले १८.५ ओभरमा अलआउट हुँदा ८७ रनमात्रै बनायो । दीपेन्द्र रावत एक्लैले ४ विकेट हात पारे । सुनील सुनारले ३ र भीम धमलाले २ विकेट लिए । ओपनिङ ब्याटिङ गरेका प्रकाश जैसीले ३०, खुसीराम बिकले १६ र दिवान पुनले १३ रन बनाए ।

८८ रनको लक्ष्य मध्यपश्चिमले ९ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर मनोज सुनारले अविजित नटआउट ५३ रन बनाए । उनले २४ बलमा ५ छक्का र ४ चौका प्रहार गरे । कप्तान सुवेन्दु पाण्डे र राजवीर सिंहले समान १४ रन बनाए । म्यान अफ द म्याच दीपेन्द्र रावत भए ।धनगढीले एबिसी स्पोर्ट्सलाई ३२ रनले हरायो । टस जितेको धनगढीले २० ओभरमा ९ विकेट गुमाई १ सय ५३ रन जोडेको थियो । ओपनर सुनील धमलाले ४० रन बनाए । उनले ३५ बलमा ४ चौका प्रहार गरे । वसन्त कार्कीले ३० रन जोड्दा ३ छक्का र १ चौका प्रहार गरे । लोकेश बमले २५ र कप्तान भुवन कार्कीले १५ रन बनाए । एबीसीका सुनील मिश्रा, करण मल्ल र आकाश थापाले २–२ विकेट लिए ।

जवाफमा एबीसीले १ सय २१ रनमै समेटियो । आयुष्मान वमले ३१ र महेश खत्रीले २१ रन जोडे । धनगढीका सुनील धमला, विक्रम ठगुन्ना र भुवन कार्कीले २–२ विकेट लिए । प्लेयर अफ द म्याच सुनील धमला घोषित भए ।शनिबारै अर्को खेलमा टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ९ विकेट गुमाई १ सय ५५ रन बनायो । भीम सार्कीले ४३, कप्तान विनोद भण्डारीले ३२ र सागर पुनले २९ रन बनाए । भीमले ३० बलमा ४ चौका र २ छक्का तथा विनोदले १३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । रूपन्देहीका कृष्ण कार्की र बसिर अहमदले ४–४ विकेट झारेका थिए ।

लक्ष्य पछयाएको रूपन्देहीले २.२ ओभरमा १ विकेट गुमाई २४ रन बनाउँदा वर्षा भयो । आधा घण्टापछि खेल सुचारु हुँदा रूपन्देहीले ११ ओभरमा ९३ रनको लक्ष्य पायो । रूपन्देहीले ५२ रन स्कोरमा ६ विकेट गुमाउन पुग्दा हारको खतरा देखिएको थियो । सुरज दराईले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ४ चौका र ४ छक्का प्रहार गरेपछि रूपन्देहीले ६ बलअगावै लक्ष्य पूरा गरेको थियो । सातौं विकेटमा दराईले शक्ति गौचनसँग ४६ रनको साझेदारी गर्दै जितसम्म पुर्‍याए । प्लेयर अफ द म्याच सुरज दराई घोषित भए ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?