कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एरिकालाई स्वर्ण

काठमाडौँ — रुपा महर्जन र एरिका गुरुङले प्रथम अन्तर्राष्ट्रिय सोतो कराँते प्रतियोगितामा शनिवार स्वर्ण पदक जितेका छन् ।

एरिकालाई स्वर्ण

महिला ६८ केजी तौलको फाइनलमा आर्मीकी रुपाले प्रदेश १ की मिसडोना राईलाई हराइन् । प्रदेश ३ की मनीषा मोक्तान र एपीएफ ‘ए’ की गंगादेवी अधिकारीले कांस्य जिते ।


६८ केजी तौलसमूहमा प्रदेश ३ की एरिकाले सेनाकी विभुषा थापालाई हराउँदै स्वर्ण जितिन् । एपीएफकी रबिना राई र प्रदेश नम्बर ४ की पूजा पुलामीमगरले कांस्य जिते ।


५५ केजीमा प्रदेश १ की विद्याकला राईले एपीएफ ‘बी’ की सन्ध्या खनाललाई हराएर स्वर्ण जितिन् । एपीएफ ए की मनीषा चन्द र प्रदेश ५ की अञ्जली बिकले कांस्य पदक जिते । ५० केजीमुनि फाइनलमा आर्मीकै मिस्ली श्रेष्ठले एपीएफ बी की दीपा लामालाई हराएर स्वर्ण जितिन् । प्रदेश २ की एलिशा तामाङ र प्रदेश ६ की लक्ष्मी विष्टले कांस्य जिते ।


पुरुषतर्फ ८४ केजीमुनि एपीएफ ‘बी’का सुशील पौडेलले प्रदेश ५ का अमर पोलीलाई हराएर स्पर्ण जिते । आर्मीका हिरालाल चन्द र एपीएफ ए का भीम तामाङले कांस्य जिते । ६० केजीको फाइनलमा प्रदेश ४ का राजन पाइजाले एपीएफ ए का विजय लामालाई हराए ।


प्रदेश १ का सन्तोष राई र भुटानका सन्देश मुखियाले कांस्य जिते । ५५ केजीको फाइनलमा एपीएफ ए टिमका सुजन श्रेष्ठले बी टिमका विजय श्रेष्ठलाई हराएर स्वर्ण जिते । बंगलादेशका मोहम्मद मामुन र भारतका मदनले कांस्य जिते ।

प्रकाशित : जेष्ठ १२, २०७५ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?