१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

राष्ट्रिय कराँतेको तयारी पूरा

चन्द्र कार्की

तेह्रथुम — छथर गाउँपालिकाको शुक्रबारेमा पहिलो पटक हुने राष्ट्रव्यापी कराँते प्रतियोगिताको तयारी पूरा भएको छ । गाउँपालिका प्रमुख कप आमन्त्रित राष्ट्रिय कराँतेको तयारी पूरा भएको जेठ ३० देखि असार १ सम्म हुने गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

राष्ट्रिय कराँतेको तयारी पूरा

शुक्रबारे बजारमा हुने प्रतियोगितामा भाग लिन विभिन्न जिल्लाका १३ टिमले नाम गर्दा गराइसकेको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।


छथर गाउँपालिकामा खेल पर्यटनको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगिता गाउँपालिकाको सहयोगमा नेपाल कराँते महासंघ र सितेरियो कराँते संघ तेह्रथुमले आयोजना गर्न लागेका हुन् । प्रतियोगिताको व्यवस्थापन गर्न स्थानीय युवा अनिल आंखेवाको संयोजकत्वमा खेलकुद विकास समिति गठन गरिएको छ ।
झन्डै साढे ७ लाख रुपैयाँ बजेट रहेको कराँते प्रशिक्षक तथा आयोजक संघका जिल्ला अध्यक्ष राजेन्द्र बरालले जानकारी दिए । गाउँपालिकाले ४ लाख उपलब्ध गराउने छ ।
पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमश: ५०, ३० र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : जेष्ठ ३०, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?