१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

रोनाल्डोको गोलमा पोर्चुगल विजयी

एएफपी

मस्को — विश्वकप २०१८ मा क्रिस्टियानो रोनाल्डोले आफ्नो लय कायम राख्दै गोल गरेपछि पोर्चुगलले बुधबार मोरक्कोलाई १–० ले हराएको छ । हारसँगै मोरेक्को विश्वकपबाट बाहिरिने पहिलो टिम पनि भएको छ ।

रोनाल्डोको गोलमा पोर्चुगल विजयी

लुजनिकी स्टेडियममा भएको खेलमा सबैको नजर रियल म्याड्रिड स्टार रोनाल्डोमा थियो र उनले आफ्नो प्रशंसकलाई निराश पनि पारेनन्। उनले चौथो मिनेटमै शक्तिशाली होडको मद्दतले गोल गरे ।


यस जितपछि समूह ‘बी’ मा ४ अंकसहित पोर्चुगल सुरुआती अग्रता लिन सफल भएको छ । यसअघि रोनाल्डोको ह्याट्रिक मदतले पोर्चुगलले स्पेनसँग ३–३ को सनसनीपूर्ण बराबरी खेलेको थियो ।


प्रकाशित : असार ६, २०७५ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?