कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फुटबलको प्रारम्भिक छनोट

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले साफ च्याम्पियनसिप र एसियाडका लागि ३३ सदस्यीय टोलीे घोषणा गरेका छन् । अगस्ट महिनामा इन्डोनेसियामा हुने एसियाडमा यू–२३ टोलीको सहभागिता रहनेछ ।

फुटबलको प्रारम्भिक छनोट

टोलीमा तीन सिनियर खेलाडी राख्न पाउने प्रावधान छ । प्रारम्भिक चरणमा ५५ खेलाडी बोलाइएकोमा अहिले दोस्रो चरणमा ३३ खेलाडी छानिएको हो । यही टोलीबाट सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपका लागि पनि टोली घोषणा गरिनेछ । बंगलादेशमा हुने प्रतियोगितामा नेपालको समूहमा भुटान, आयोजक बंगलादेश र पाकिस्तान रहेका छन् ।

छानिएका ३३ खेलाडी :
गोलरक्षक – किरणकुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने, सोजित गुरुङ
डिफेन्डर – विराज महर्जन, अनन्त तामाङ, रविन श्रेष्ठ, आदित्य चौधरी, सुमन अर्याल, रवि सिलवाल, कमल श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, गौरव बुढाथोकी, छिरिङ गुरुङ

मिडफिल्डर – रोहित चन्द, विशाल राई, हेमन गुरुङ, हेमन्त थापामगर, अन्जन विष्ट, सुनील बल, सुजल श्रेष्ठ, निराजन खड्का, सुमन लामा, तेज तामाङ, अभिषेक रिजाल, मानबहादुर तामाङ, सन्तोष तामाङ
फरवार्ड – विमल घर्तीमगर, भरत खवास, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ ।

प्रकाशित : असार ७, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?