२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

मोर्गनको नजर ५ सय रनतिर

एएफपी

नोटिङघम — इंग्ल्यान्डका कप्तान इयान मोर्गनले अस्ट्रेलियालाई पराजित गरेपछि आफ्नो टोलीको नजर वान–डे अन्तर्राष्ट्रियमा ५ सय रन भएको जनाएका छन् ।

मोर्गनको नजर ५ सय रनतिर

मोर्गनको इंग्ल्यान्डले मंगलबार ट्रेन्ट ब्रिजमा ६ विकेट गुमाई ४ सय ८१ रन बनाएपछि खेल २ सय ४२ रनले जितेको थियो । प्रमुख प्रतिद्वन्द्वी अस्ट्रेलियासँगको ५ खेल शृंखलामा इंग्ल्यान्ड ३–० ले अगाडि छ ।

म्यान अफ द म्याच एलेक्स हल्सले नोटिङघमसायरस्थित गृहमैदानमा १ सय ४७ रन बनाए । उनले यसअघि १ सय ७१ रन बनाउँदा २ वर्षअगाडि इंग्ल्यान्डले ट्रेन्ट ब्रिजमै पाकिस्तानविरुद्ध ३ विकेट गुमाई ४ सय ४४ रन बनाएको थियो, जुन वान–डे अन्तर्राष्ट्रियमा उच्च स्कोर थियो ।

ओपनिङ ब्याट्सम्यान जोनी बेरिस्टाले मंगलबार पनि १ सय ३९ रन बनाए । पछिल्ला ६ वान–डे अन्तर्राष्ट्रिय खेलमा यो उनको चौथो शतक हो । उनको त्यो शतक सूचीमा स्कटल्यान्डसँग पाएको स्तब्ध हारमा बनाएको शतक पनि समावेश छ ।

कार्डिफको दोस्रो वान–डे चोटका कारण नखेलेका मोर्गनले पुनरागमनमा २१ बलमा अर्धशतक पूरा गरे । साथै इनिङ्सका क्रममा उनी इयान बेललाई उछिन्दै इंग्ल्यान्डबाट सर्वाधिक रन बनाउने खेलाडी बने ।

‘हामी ५ सय रनको धेरै नजिक थियौं,’ मोर्गनले भने, ‘६ ओभर बाँकीमा हामीले यो स्थितिको कल्पना पनि गरेका थिएनौं, पाकिस्तानसँगको पछिल्लो हाइस्कोरिङ खेलमा पनि त्यही भएको थियो । त्यसैले ५ सय रन टाढाको विषय होइन अब ।’ अस्ट्रेलियाले घाइते तीव्र गतिका बलर मिचेल स्टार्क, प्याट कुमिन्स र जोस हेजलउडबिना नै खेलेको थियो । इंग्ल्यान्डका आदिल रशिद र मोइन अलीले ७ विकेट बाँडेपछि अस्ट्रेलिया २ सय ३९ रनमा अलआउट भयो ।

प्रकाशित : असार ७, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?