कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ई–स्पोर्ट्स च्याम्पियनसिप हुने

काठमाडौँ — नेपाल ई–स्पोर्ट्स संघले भदौ १ र २ गते नेपाल ई–स्पोर्ट्स च्याम्पियनसिप २०१८ को आयोजना गर्ने भएको छ ।

ई–स्पोर्ट्स च्याम्पियनसिप हुने

यस संस्करणमा डोटा–२ र काउन्टर स्ट्राइक ग्लोबल अफेन्सिभ खेलमा प्रतिस्पर्धा हुनेछ । दुवै खेलको विजेता टोलीले १ लाख ५० हजार तथा उपविजेताले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन एडीए सर्भिसेस प्रालिले गर्नेछ । अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स महासंघमा आबद्ध आयोजक संस्था सन् २०१६ मा स्थापना भएको हो । दर्ता प्रक्रिया खुला भइसकेको र शुल्क २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

प्रकाशित : असार ८, २०७५ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?