कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोरङद्वारा पुलिस स्तब्ध

काठमाडौँ — हाइलाइफ मोरङ एफसीले ललित स्मृति युथ यू–१८ च्याम्पियनसिप फुटबलमा आइतबार नेपाल पुलिस क्लबलाई १–० ले स्तब्ध पारेको छ ।

मोरङद्वारा पुलिस स्तब्ध

एन्फा कम्प्लेक्स सातदोबाटोमा मोरङले पहिलो हाफमा बनाएको अवसर सदुपयोग गर्न नसके पनि मनीष थापाको गोलमा अग्रता लिएको थियो र त्यही नै खेलको निर्णायक बन्यो ।

समूह ‘बी’ को अर्को खेलमा छिमेकी जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबबीचको खेल २–२ को बराबरीमा टुंगियो । जावलाखेलबाट शिशिर लेखीले २४ र सचु गुरुङले ७१ औं मिनेटमा तथा ब्रिगेड ब्वाइजबाट रजत तिवारीले २८ र पवन शाहीले ५० औं मिनेटमा गोल गरेका थिए ।

प्रकाशित : असार ११, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?