कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनुषा च्याम्पियन

धनुषा — प्रथम प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि धनुषाले जितेको छ । जनकपुरमा आइतबार सम्पन्न फाइनलमा महोत्तरीलाई २५–२१, २५–१९, २५–२२ को सेटले पराजित गर्दै धनुषा च्याम्पियन भएको हो ।

धनुषा च्याम्पियन

विजेता धनुषाले १५ हजार र उपविजेता महोत्तरीले १० हजार रुपैयाँ पुरस्कार पाए । पर्साले तेस्रो हुँदै ७ हजार जित्न सफल भयो । उत्कृष्ट स्पाइकरमा धनुषाका बेचन साह, उत्कृष्ट लिफ्टरमा महोत्तरीका धर्मेन्द्र यादव र उत्कृष्ट खेलाडीमा धनुषाका रोशन यादव चुनिए । उनीहरूलाई पनि नगदबाट पुरस्कृत गरियो ।

प्रदेशस्तरीय भलिबलमा सप्तरी जिल्ला सहभागी भएन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खेल र खेलाडीको प्रोत्साहन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले खेलकुद विकासका लागि प्रदेश सरकारले रंगशाला बनाउने जनाए ।

प्रकाशित : असार ११, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?