कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुशील र माला उत्कृष्ट

प्रकाश स्मृति बक्सिङ

काठमाडौँ — प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा आर्मीका खेलाडीले ९ स्वर्ण पदक जित्दै टिम च्याम्पियनको उपाधि जितेका छन् ।

सुशील र माला उत्कृष्ट

आर्मीले पुरुषतर्फ ५ स्वर्णसहित ५ रजत र ६ कांस्य तथा महिलातर्फ ४ स्वर्णसहित २ रजत र ५ कांस्य जितेको थियो । पुरुषमा आर्मीका सुशील थापा र महिलामा एपीएफकी माला राई उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट निर्णायक आठौं साफ खेलकुदका स्वर्ण विजेता प्रकाश थापामगर भए । उनीहरूले समान २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । विजेतालाई खानेपानीमन्त्री तथा स्व. प्रकाश दाहालकी पत्नी बिना मगरले पुरस्कृत गरिन् ।

हेभिवेट ९१ केजीमाथिको स्वर्ण आर्मीका आशिष दवाडीले जिते । उनले कैलालीका सुरेश ओझालाई हराए । ९१ केजीमा आर्मीका अर्जुन सिंहले आफ्नै क्लबका गणेश प्रधानलाई पराजित गरी स्वर्ण जिते । ८१ केजीमा कास्कीका दीपक सुनुवारले आर्मीका भूपेन्द्र सिंह, ५२ केजीमा एपीएफका विक्रम परियारले आर्मीका विकास राई र ४८ केजीमा आर्मीका सुशील थापाले एपीएफका आश तामाङलाई हराएर स्वर्ण जिते ।

५६ केजीमा एपीएफका पूरन राईले कास्कीका दिनेश बानियाँ, ६० केजीमा आर्मीका दानबहादुर दर्लामीले झापाका प्रकाश लिम्बू, ६४ केजीमा आर्मीका नरेश थापाले झापाका अविनय राई, ६९ केजीमा कास्कीका हेमराज राउतले आर्मीका रवि सुनार र ७५ केजी तौलमा बानुजका कौशलजंग थापाले आर्मीका कृष्णराज शाहीलाई हराएर स्वर्ण जिते ।

महिलातर्फ आर्मी र एपीएफले समान ४ स्वर्ण जिते । ५४ केजीमा मीनु गुरुङले काठमाडौंकी मीना घले, ५७ केजीमा चन्द्रकला थापाले नक्सालकी कुसुम तामाङ र ६० केजीमा सविना श्रेष्ठले कैलालीकी सविता चौधरी र ७५ केजीमा शिलु डंगोलले आर्मीकै सोनाम रोकालाई हराएर स्वर्ण जितिन् । विजेता सबै आर्मीका हुन् ।

५१ केजीमा माला राईले मकवानपुरकी सन्जुमाया थिङ, ६९ केजीमा सरस्वती रानाले आर्मीकी उमा गुरुङ, ४८ केजीमा सावित्री तामाङले आफ्नै टिमकी नन्जा बुढामगर र ६४ केजीमा विनिता थापामगरले नक्सालकी अम्बिया बिकलाई हराएर स्वर्ण जितेका थिए । विजेता सवै एपीएफका हुन् । विजेता र उपविजेताले क्रमश: १० र ५ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रकाशित : असार १८, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?