कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टोरेस जापान लागे

रोयटर्स

म्याड्रिड — स्पेनका पूर्व स्ट्राइकर फर्नान्डो टोरेसले आफू जापानिज माथिल्लो डिभिजनको क्लब सागन टोसुमा आबद्ध भएको घोषणा गरेका छन् । गत महिना एट्लेटिको म्याड्रिडबाट सम्झौता सिध्याएपछि उनी खुला रहेका थिए ।

टोरेस जापान लागे

‘मलाई सबै महादेशबाट प्रस्ताव आएको थियो, मेरो नयाँ टोली जापानको सागान टोसु हुनेछ,’ म्याड्रिडमा आफैंले सञ्चालन गरेको जिममा आयोजित कार्यक्रममा ३४ वर्षे टोरेसले मंगलबार भने, ‘मलाई फ्रान्स, जर्मनी र स्पेनबाट पनि प्रस्ताव आएको थियो । तर म फेरि अर्को युरोपियन टिम चाहन्न थिएँ । म नयाँ चुनौती त्यो पनि फरक स्थानबाट चाहन्थें ।’


स्रोतहरूका अनुसार टोरेसलाई अस्ट्रेलियाका सिड्नी एफसी र मेजर लिग सकरको सिकागो फायरबाट पनि प्रस्ताव आएको थियो । टोरेजले टोसुसँग १८ महिने सम्झौता गरेका छन् र त्यो सम्झौता बढाएर २०२० सम्म राख्न पाउने विकल्प पनि छ । टोसुले पनि आफ्नो वेबसाइटबाट यसको आधिकारिक घोषणा गर्दै टोरेजलाई ९ नम्बर जर्सी दिने जनाएको छ । टोरेसले आफ्नो खेलजीवनको अधिकांश समय यही जर्सी लगाए ।


टोरेसले एट्लेटिकोबाट दुई स्पेल खेले । त्यसअघि उनी इंग्ल्यान्डको लिभरपुल, चेल्सी हुँदै इटालीको एसी मिलान पुगेका थिए । उनले स्पेनबाट विश्वकप र दुईपल्ट युरोपियन च्याम्पियनसिप पनि जितेका छन् । टोसुबाट उनले जुलाई २२ मा डेब्यू गर्ने सम्भावना छ ।

प्रकाशित : असार २७, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?