कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोमा र सुनीताको ह्याट्रिक

रौतहट — रोमा भुजेलको ह्याट्रिक मदतमा शुक्रबार झापाले चन्द्रनिगाहपुरमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबलमा पाल्पालाई ७–१ को फराकिलो अन्तरले पराजित गरेको छ । त्यसअघि धनकुटाले दाङविरुद्ध ६–० को जित पाएको थियो ।

रोमा र सुनीताको ह्याट्रिक

मध्यान्तरअघि झापाले ५ गोल गरेको थियो । चौथो मिनेटमै सम्झना लावतीले झापालाई अग्रता दिलाएकी थिइन् । त्यसलगत्तै रोमाले दुई गोल थपिन् । रोमाले १८ र २३ आैं मिनेटमा गोल गरेकी हुन् । ३१ औं मिनेटमा रीता गजमेरले चौथो गोल गरिन् भने ३४ औं मिनेटमा सम्झनाले व्यक्तिगत दोस्रो गोल गरेर टोलीलाई ५–० ले अघि बढाइन् । दोस्रो हाफको सातौं मिनेटमा रोमाले ह्याट्रिक पूरा गरिन् । ४९ औं मिनेटमा झापाका लागि मनीषा राउतले सातौं गोल गरेकी हुन् । लगत्तै पाल्पाले एक गोल फर्काएको थियो । ५० औं मिनेटमा पाल्पाकी अन्जु दर्लामीले गोल गरेकी हुन् ।

धनकुटाले दाङलाई ६–० ले हराउँदा सुनीता तामाङले ह्याट्रिक गरेकी थिइन् । सुनीताले सातौं, नवौं र ६९ औं मिनेटमा गोल गरिन् । तेस्रो मिनेटमै धनकुटाकी अन्जना थुलुङले गोल गरेर टोलीलाई अग्रता दिलाएकी थिइन् । खेलको ३० र ४० औं मिनेटमा विपना राईले दुई गोल गरिन् ।

प्रकाशित : असार ३०, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?