कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाललाई टिम फाइटमा स्वर्ण

काठमाडौँ — दक्षिण कोरियाको पोहाङमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली राष्ट्रिय तेक्वान्दो टोलीले पुरुष टिम फाइटमा स्वर्ण पदक जितेको छ ।

नेपाललाई टिम फाइटमा स्वर्ण

नेपालले फाइनलमा दक्षिण कोरियाको सिहान युनिभर्सिटीलाई ५८–४६ अंकले हराउँदै स्वर्ण जितेको हो । पाँच खेलाडीसम्मिलित नेपाली टिमले सेमिफाइनलमा कोरियाकै टिमलाई ४८–४१ अंकले हराएको थियो ।

टोलीका प्रशिक्षक दीपक विष्टका अनुसार नेपालबाट अनुज पुजारी, ज्ञानेन्द्र हमाल, वीरबहादुर महरा, सागर गुभाजु र भूपेन्द्र श्रेष्ठ सहभागी थिए । शुक्रबारै महिला टिम फाइटमा भने नेपाली टोली रजत पदकमै सीमित भयो । तीन राष्ट्रसम्मिलित टिम फाइटको फाइनलमा नेपाल चीनसँग ५६–४८ अंकले हारेको थियो ।

त्यसअघि नेपालले कोरियालाई हराउँदै फाइनल तय गरेको हो । महिलामा ज्ञानी चुनारा, नीमा गुरुङ, निशा रावल, संगीता बस्याल र अस्मिता खड्काले प्रतिस्पर्धा गरेका थिए ।

एसियाड तयारीलाई दक्षिण कोरियामा रहेको नेपाली टोलीले शुक्रबारदेखि नै छुम्बिक हेल्थ एन्ड साइन्स युनिभर्सिटीमा प्रशिक्षण सुरु गरेको विष्टले जनाए ।

प्रकाशित : असार ३०, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?