कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसकारण फ्रान्स फेवरेट

राजु घिसिङ

मस्को — समूह चरणमा अस्ट्रेलिया र डेनमार्कविरुद्धको प्रतिस्पर्धामा फितलो प्रदर्शन गरेरपनि २१ औं विश्व्कपको अन्तिम खेलमा आइपुग्दा फ्रान्स उपाधि होडको सबभन्दा बलियो टिमको रुपमा उभिएको छ । उसले पहिलोपल्ट फाइनलमा स्थान बनाएको क्रोएसियाविरुद्ध लुजनिकी रंगशालामा प्रतिस्पर्धा गरिरहेको छ । 

यसकारण फ्रान्स फेवरेट

ल्युका मोडरिच प्रेरित क्रोएसियाले अर्जेन्टिनालाई समूह चरणमा ३—० ले हराएको थियो । तर, नकआउटको पहिलो खेलमा लियोनल मेसीको त्यही टिमलाई पराजित गर्न फ्रान्सले कडा मिहिनेत गर्नुपरेको थियो । १९ वर्षीय किलियन एम्बाप्पेको उत्कृष्ट खेलसँगै अन्तिम १६ को प्रतिस्पर्धा फ्रान्सले ४—३ ले जितेको थियो । त्यसयता फ्रान्सले हरेक खेलमा सुधार गरिरहेको छ ।


यो विश्वकपको ६४ औं खेलले नयाँ विजेताको रुपमा क्रोएसियालाई पाउन पनि सक्छ । तर, खेलाडीको व्यक्तिगत क्षमता, हरेक स्थानमा उपस्थिति, पछिल्ला खेलमा गरिएको प्रदर्शन र इतिहासको विश्लेषण गर्ने हो भने फ्रान्सलाई क्रोएसियाले पराजित गर्छ भन्ने अवस्था छैन ।


फ्रान्सेली कप्तान ह्युगो लोरिस निक्कै अनुभवी छन् । उनले उरुग्वेविरुद्ध क्वटरफाइनल र बेल्जियमविरुद्ध सेमिफाइनलमा केही उत्कृष्ट बचाउ गरेका थिए । उनले यो विश्वकपका ६ खेलमध्ये चार खेलमा गोल हुन दिएका छैनन् ।


डिडियर डेसच्याम्पको टिमका डिफेन्स पनि उत्कृष्ट छन् । पावार्ड, भारान, उम्टिटि, हर्नान्डेजको प्रदर्शन बेल्जियमका केभिन डे ब्रुयन, रोमेलु लुकाकु र इडन हाजर्डजस्ता स्टार खेलाडीहरुलाई रोकेका थिए । डिफेन्सको ठीक अगाडि एन्गोलो कान्टे खेलदैछन् र उनी यो प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडीको पुरस्कार गोल्डेन बलकै दाबेदार हुन् । क्रोएसियाली प्लेमेकर मोडरिचले फ्रान्सविरुद्ध धावा बोल्न पहिला यिनै कोन्टेलाई उछिन्नु पर्ने हुन्छ ।


मिडफिल्डर कोन्टेको अगाडि पउल पोग्बा खेल्दैछन् । उनी विश्वकै उत्कृष्ट मिडफिल्डरमा पर्छन् । डेसच्याम्पको ४—३—३ को शैलीमा कोन्टे र पोग्बालाई मतोउडीले साथ दिनेछन् । मतोउडी पनि सेमफिाइनलमा आक्रमक देखिएका थिए ।


फ्रान्सको अग्रपंक्ति एम्बाप्पे, एन्टोइन ग्रिजमन र ओलिभर जिरोउले सम्हाल्दैछन् । जिरोउ लयमा छैनन् । तर, एम्बाप्पेको गति रोक्न अहिले विश्वका कुनै पनि डिफेन्सलाई गाह्रो छ । र, ग्रिजमन उस्तै चतुर फरवार्ड हुन् । यस्ता प्रभावशाली फरवार्डको क्रोएसियाले सेमिफाइनलसम्म सामना गर्नुपरेन । जिरोले विश्वकपमा गोलको खाता खोल्न सकेका छैनन् । तर, एम्बाप्पे र ग्रिजमनलाई रोक्ने क्रोएसियाको प्रयासमा जिरोउको खेल निर्णायक बन्नसक्छ । किनने जिरोउ ठूला खेलका लागि योग्य फरवार्ड हुन् ।


फ्रान्सको पहिलो रोजाई स्टार खेलाडीहरुले भरिएको छ । र, उसको बेन्चमा पनि ठूला क्लबका अनुभवी खेलाडीहरुकै बाहुल्य छ । त्यसैले फ्रान्स दोस्रोपल्ट विश्वकप विजेता बन्नसक्छ । तेस्रोपल्ट फाइन्ल खेल्न लागेको उसलाई २००६ मा भने इटालीले टाइब्रेकरमा स्तब्ध पारेको थियो ।


इतिहासको तथ्यांक पनि फ्रान्सले पक्षमा छ । उसले पहिलोपल्ट विश्वकप जित्ने क्रममा १९९८ को सेमिफाइनलमा क्रोएसियालाई २—१ ले हराएको थियो । उसले थप दुई खेल पनि जितेको छ भने यी भेट बराबरीमा टुंगिएको थियो ।


विश्वकप २०१८

फ्रान्स

गोलप्रतिद्वन्द्वी

२—१ अस्ट्रेलिया

१—० पेरु

०—० डेनमार्क

४—३ अर्जेन्टिना

२—० उरुग्वे

१—० बेल्जियम

प्रकाशित : असार ३१, २०७५ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?