कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रशिक्षकबाट अलग्गिए साम्पोली

एएफपी

ब्युनस आयर्स — प्रशिक्षक जोर्गे साम्पोलीले विश्वकपमा खराब प्रदर्शनका कारण अलग हुने घोषणा गरेको अर्जेन्टिनीे फुटबल संघले आइतबार जनाएको छ । ‘अर्जेन्टिनी फुटबल संघ र साम्पोलीले दुवैको सहमतिमा उनले प्रमुख प्रशिक्षक पद खाली गर्ने निर्णय गरेको छ,’ संघले जनाएको छ । दुई पक्षबीच पाँचवर्षे सम्झौता भए पनि एकै वर्षमा यो टुटेको हो ।

प्रशिक्षकबाट अलग्गिए साम्पोली

लियोनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिनी टिमले रुसमा खराब प्रदर्शन गरेपछि ५८ वर्षीय प्रशिक्षक बर्खास्तगीमा पर्ने तय मानिएको थियो । टिमको तनावपूर्ण यात्रा अन्तिम १६ आ पुगेर टुंगिएको थियो । सन् २०१७ को जुनमा उनले टिमको जिम्मेवारी पाएका थिए । उनको अन्तिम खेल प्रि–क्वाटरफाइनलमा फ्रान्सविरुद्ध रह्यो ।

संघले दुई पक्षबीचको सम्झौताअनुसार उनलाई बर्खास्त गरे ठूलो रकम तिर्नुपर्ने हुँदा उनीहरू सहमतिमा आएका हुन् । अनुबन्ध सम्झौताअनुसार साम्पोली पद छाडेयता २० लाख डलर पाएका छन् । उनले टिम सम्हालेयता अर्जेन्टिनाले १५ खेलमा ७ खेल जितेको थियो भने ४ खेलमा हार बेहोरेको थियो । यस्तै ४ खेल बराबरीमा रहे ।

प्रकाशित : श्रावण १, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?