कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमबाप्पे नयाँ पेले

एएफपी

मस्को — केलियन एमबाप्पे र उनका प्रतिभाशाली युवा खेलाडी पुस्ताका लागि विश्वकप फाइनलमा क्रोएसियामाथिको जित नयाँ सुरुआतका रूपमा रहनेछ । फ्रान्सेली फुटबलका ‘पोस्टर ब्वाई’ १९ वर्षीय एमबाप्पेसहितको फ्रान्सेली टिमले अबको केही वर्ष अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो प्रभुत्व जमाउने तय देखिएको छ ।

एमबाप्पे नयाँ पेले

फ्रान्सेली डिफेन्सका चार खेलाडीको औसत उमेर २३ मात्र छ । ती खेलाडी हुन्, बेन्जामिन पाभार्ड, राफेल भारान, सामुइल उम्टिटी र लुकास हर्नान्डेज ।

ओस्मान डेम्बेलेले नकआउट चरणमा दुई मिनेटमात्र खेले, तर उनकै लागि बार्सिलोनाले १२ करोड ३० लाख डलर तिरेको छ । फाइनलमा गोल गर्ने दुई खेलाडी २७ वर्षीय एन्टोइन ग्रिजमन र २५ वर्षीय पाउल पोग्बा आफ्नो खेलजीवनको उत्कर्षमा छन् । फ्रान्सले क्रोएसियामाथि प्राप्त ४–२ को जितमा एमबाप्पेले चौथो गोल गरे । उनी रहे प्रतियोगिताकै उत्कृष्ट युवा खेलाडी । उनी पेलेयता विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी पनि भएका छन् ।

‘मलाई कथा लेख्न थियो र मैले यसको सुरुआत मात्र गरेको छुँ,’ एमबाप्पेले भनेका छन्, ‘मलाई अझै धेरै अगाडि बढ्नु छ ।’ एमबाप्पेको तुलना पेलेसँग गरिन थालेको अहिले तत्काल मात्र होइन ।

र्जेन्टिनाविरुद्ध अन्तिम १६ मा उनले दुई गोल गरेका थिए । त्यस क्रममा एकै खेलमा दुई गोल गर्ने पेलेयताका पहिलो किशोर खेलाडी पनि भए । ‘एमबाप्पेले यसरी नै मेरो कीर्तिमान बराबरी गर्न थाल्ने हो भने मैले सायद फेरि खेल्न सुरु गर्नुपर्नेछ,’ पेलेले टिट गरेका छन् ।

सन् १९५८ को विश्वकपमा १७ वर्षीय पेलेले डेब्यू गरे र त्यसयता थप दुई विश्वकप खेले । पेलेसँग बराबरी नजिक पुग्न पनि एमबाप्पेले अझै धेरै गर्नुपर्नेछ । तर एउटा तथ्य सिद्ध भएको छ, युवा खेलाडीले भरिएको फ्रान्सेली टिम निकै बलियो भएको छ र यसमा एकपछि अर्को उत्कृष्ट खेलाडीको कुनै कमी छैन । सन् २०१६ को युरो खेलेका ९ खेलाडीमात्र अहिलेको टिममा छन् । तर त्यति बेला फाइनल र अहिलेको फाइनलमा खाली पाँच फरक खेलाडीमात्र छन् ।

डिडियर डेसच्याम्पको टिमको तुलनामा नाइजेरियाले मात्र विश्वकपमा सबैभन्दा कम उमेरको खेलाडी पठाएको थियो । ‘एमबाप्पे भर्खर १९ वर्षका भए, उनले अझै धेरै विश्वकपका संस्करण खेलन सक्नेछन्,’ डेसच्याम्पले भनेका छन्, ‘आजको २० वर्ष अगाडि हामीसँगै यस्तै दुई किशोर खेलाडी थियो, डेविड ट्रेजेग्वेट र थिएरी हेनरी । उनीहरूले पनि धेरै जित्न सक्थे, तर सकेनन । एमबापेले पछि के गर्नेछन्, त्यो हेर्न लायक रहनेछ ।’

प्रकाशित : श्रावण १, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?