कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुटको कीर्तिमानी शतक

एएफपी

लिड्स — जो रुट इंग्ल्यान्डका लागि वान–डे अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक बनाउने ब्याट्सम्यान भएका छन् । आफ्नो घरेलु मैदानमा ठ्याक्कै सय रन बनाएर रुट नटआउट रहेपछि इंग्ल्यान्डले भारतमाथि मंगलबार ८ विकेटको जित निकालेको छ । योसँगै इंग्ल्यान्ड तीन खेलको शृंखला २–१ ले जित्न पनि सफल भयो ।

रुटको कीर्तिमानी शतक

इंग्ल्यान्डले जित पाउन २ सय ५७ रनको लक्ष्य पाएको थियो । शृंखलामा उनको यो दोस्रो शतक पनि हो । दोस्रो वान–डेमा पनि उनले शतक बनाएका थिए । अब रुटले इंग्ल्यान्डका लागि वान–डे क्रिकेटमा बनाएको शतकसंख्या १३ पुगेको छ । लर्डसमा यसअघि बनाएको शतकसँगै उनले मार्कस ट्रेस्कोथिकको १२ शतक कीर्तिमानसँगै बराबरी गरेका थिए । त्यसमा रुटले नटआउट रहेर १ सय १३ रन बनाएका थिए ।

तेस्रो तथा निर्णायक खेलमा रुटले आफ्ना वान–डे कप्तान इयान मोर्गनसँग मिलेर तेस्रो विकेटमा नटआउट १ सय ८६ रनको साझेदारी गरेका थिए । मोर्गनले ८८ रन बनाए । इंग्ल्यान्डले सन् २०१९ को वान–डे विश्वकप आयोजना गर्दै छ । टोलीले अहिलेसम्म त्यसको उपाधि भने जित्न सकेको छैन ।

भारतमाथिको शृंखला जितेपछि भने इंग्ल्यान्ड वान–डेको नम्बर एक टिम भएको छ । गत वर्ष च्याम्पियन्स ट्रफ्रीको सेमिफाइनलमा इंग्ल्यान्ड उपाधि विजेता रहेको पाकिस्तानसँग पराजित भएको थियो । यो १९ औं वान–डे प्रतियोगितामा इंग्ल्यान्ड नकआउट चरणमा १३ औं पल्ट पराजित भएको रह्यो । अहिलेको जितले भने विश्वकपअगाडि इंग्ल्यान्डलाई उत्साह थप्ने भएको छ ।

प्रकाशित : श्रावण ३, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?