कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाभार्ड बायर्नमा

एएफपी

बर्लिन — अर्जेन्टिनाविरुद्ध उत्कृष्ट गोलका लागि चर्चित भएका विश्वकप विजेता फ्रान्सका डिफेन्डर बेन्जामिन पाभार्ड बायर्न म्युनिख जाने भएका छन् । २२ वर्षीय उनलाई सन् २०१९ सम्म सम्झौता गरिएको बताइएको छ ।

पाभार्ड बायर्नमा

जर्मन च्याम्पियन बायर्नमा अनुबन्ध हुनेमा विश्वकपअघि नै स्टुटगार्टसँग सम्झौता भइसकेको जनाएको छ । जर्मन टेलिभिजन एसडब्लूआरको अनुसार स्टुटगार्टले सम्झौताअनुसार ३ करोड ५० लाख युरो स्थानान्तरण रकममा सहमति जनाइसकेको छ ।

गृहनगर फर्केपछि पाभार्डले भने भविष्यबारे प्रस्ट पारेका छैनन् । ‘अब हेरौं, अहिलेका लागि म स्टुटगार्टमा छु र अब आउने सिजन कहाँ जाँदैछु भन्ने मलाई थाह छैन,’ पाभार्डले भने, ‘जे जस्तो भए पनि स्टुटगार्टमा धेरै खुसी छु ।’ विश्वकपमा उनले दाँया खुट्टाले सनसनीपूर्ण गोल गर्दै अर्जेन्टिनाविरुद्ध फ्रान्सलाई २–२ मा पुर्‍याएका थिए । उक्त खेल फ्रान्सको पक्षमा गएको थियो ।

पाभार्ड सन् २०१६ मा स्टुटगार्ट दोस्रो डिभिजनमा झरेपछि पुगेका थिए । स्टुटगार्ट यही सिजन बढुवा भयो र उनले पनि सन् २०१७ को अन्त्यतिर फ्रान्सका लागि पहिलोपल्ट खेल्ने अवसर पाए । उनी फ्रान्सको बिहीबारको औपचारिक फोटोसुटमा पनि अनुपस्थित थिए ।

प्रकाशित : श्रावण ४, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?