कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पार्मालाई ५ अंकको कारबाही

एएफपी

रोम — इटालियन क्लब पार्माले ५ अंकको कारबाहीसँगै सिरी ए सिजन सुरुआत गर्ने भएको छ । क्लबका फरवार्ड इमानुयल कालाइओले गत सिजन पार्माको बढुवा पक्का हुने खेलमा मिलेमतोको प्रयास गरेपछि इटालियन फुटबल महासंघले सोमबार यो निर्णय सार्वजनिक गरेको हो ।

पार्मालाई ५ अंकको कारबाही

गत सिजन सिरी बी अन्तर्गत मे १८ मा स्पेजियालाई २–० ले पराजित गरेपछि दुईपल्ट यूईएफए कप जितेको पार्मा शीर्ष श्रेणीमा फर्किएको थियो । तीन वर्षअघि कमजोर आर्थिक स्थितिका कारण रेलिगेसन परेको पार्माले इटालियन लिगको चौथो श्रेणीबाट यात्रा सुरु गरेको हो । ३६ वर्षीय कालाइओले स्पेजियाबाट खेल्दै आएका आफ्ना पूर्व–सहकर्मीलाई धेरै मिहिनेत नगर्न पठाएको संदेश सार्वजनिक भएपछि दुई वर्षको प्रतिबन्ध पनि लागेको छ ।


उक्त खेलपछि स्पेजियाका समर्थकले टोलीको खराब प्रदर्शनप्रति खुलेर आलोचना गरेका थिए । उक्त खेलमा एक गोलले पछाडि परेको स्थितिमा इटाली राष्ट्रिय टोली एवं पार्माका पूर्व खेलाडी अल्बर्टो जिलार्डिनोले प्राप्त पेनाल्टी निकै माथि र पोस्टको दिशाभन्दा बाहिर प्रहार गरेका थिए ।


‘अनुसन्धान समितिको निर्णयले कालाइओले खेलमिलेमतोको प्रयास गरेको प्रस्ट भएको छ । उनले सन्देश पठाएर नियम उल्लंघन गरेका छन्,’ महासंघको विज्ञप्तिमा भनिएको छ ।
पार्माले भने महासंघको यस निर्णयप्रति असहमति जनाउँदै अपिल कोर्टमा यसविरुद्ध लड्ने बताएको छ । स्पेजियालाई पराजित गरेपछिको खेलमा फ्रोसिनोने र फोग्गियाले २–२ को बराबरी खेलेपछि पार्मा माथिल्लो श्रेणीमा उक्लेको थियो ।

प्रकाशित : श्रावण ९, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?