कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्सनलको जित

एएफपी

सिंगापुर — रंगभेदको विवादका कारण राष्ट्रिय टोलीबाट संन्यास लिएका मिडफिल्डर मेसुट ओजिलको कप्तानीमा आर्सनलले मैत्रीपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ५–१ ले पराजित गरेको छ ।

आर्सनलको जित

ओजिलकै गोलमा आर्सनलले १३ औं मिनेटमा अग्रता लिएको थियो । एलेक्जेन्डर लाकाजेटले दुई गोल तथा रब होल्डिङ र एड्डी एनकेटाले १–१ गोल गरे । पीएसजीका लागि एकमात्र गोल क्रिस्टोफर एनकुन्कुले गरेका थिए । यसअघि आर्सनलले एट्लेटिको म्याड्रिडलाई टाइब्रेकरमा ३–१ ले पराजित गरेको थियो ।

प्रकाशित : श्रावण १३, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?