कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफ्रिकी जितमा हेन्ड्रिक्सको शतक

एएफपी

पाल्लेकेले — डेब्यु गरिरहेका ब्याट्सम्यान रिजा हेन्ड्रिक्सले शतक बनाएपछि दक्षिण अफ्रिकाले आइतबार श्रीलंकालाई तेस्रो एकदिवसीयमा ७८ रनले पराजित गर्दै शृंखला कब्जा गरेको छ ।

अफ्रिकी जितमा हेन्ड्रिक्सको शतक

हेन्ड्रिक्सले ८९ बलमा १ सय २ रन जोडेपछि दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ६३ रन जोड्यो । जवाफमा श्रीलंका ४६ औं ओभरमा २ सय ८५ रनमा अलआउट भएपछि दक्षिण अफ्रिकाले पाँच खेलको शृंखलामा ३–० को अग्रता लियो ।

श्रीलंकाका धनञ्जय सिल्भाले करिअरकै उत्कृष्ट ८४ रन जोडे पनि श्रीलंकाले बढ्दो रनरेटको दबाब खेप्न सकेन र सबै विकेट गुमायो । श्रीलंकाली ब्याट्सम्यानले सुरुआत राम्रो दिलाए पनि ठूलो स्कोर बनाउन चुकेका थिए । श्रीलंकाली इनिङ्सलाई धराशायी पार्ने क्रममा तीव्र गतिका बलर लुंगी एनगिडीले ४ तथा आन्दिले फेलुक्वायोले ३ विकेट लिए ।

वान–डेमा डेब्यु गरिरहेका २८ वर्षीय हेन्ड्रिक्स डेब्युमै शतक प्रहार गर्ने तेस्रो ब्याट्सम्यान बन्दै दक्षिण अफ्रिकी जितका नायक रहे । उनले ८९ बलमा ८ चौका र १ छक्का मदतले १ सय २ रन बनाए । हेन्ड्रिक्सलाई ७० बलमा ९२ रन जोडेका जन पल ड्युमिनीले राम्रो साथ दिए ।

हसिम अमला (५९) र डेबिड मिलर (५१) ले पनि अर्धशतक जोडेपछि पहिलो ब्याटिङमा उत्रेको दक्षिण अफ्रिकाले बलियो स्कोर खडा गरेको थियो । श्रीलंकाका थिसरा परेराले ४ विकेट लिए । शृंखलाको चौथो खेल बुधबार पाल्लेकेलेमै हुनेछ ।

प्रकाशित : श्रावण २१, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?