कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एलिसनको डेब्युमा लिभरपुलको जित

एएफपी

डब्लिन — ब्राजिलियन गोलरक्षक एलिसनले डेब्युमा क्लिन सिट राखेपछि शनिबार लिभरपुलले नेपोलीलाई डब्लिनमा भएको मैत्रीपूर्ण खेलमा ५–० ले पराजित गरेको छ । एलिसन ६ करोड ७० लाख पाउन्डमा इटालियन क्लब एएस रोमाबाट लिभरपुल आएका थिए ।

एलिसनको डेब्युमा लिभरपुलको जित

खेलको सुरुआती १० मिनेटमा जेम्स मिल्नर र जिओर्जिनियो वाइनाल्डमले गोल गरेपछि लिभरपुलले अभिभा रंगशालामा उत्कृष्ट सुरुआत लिएको थियो ।

दोस्रो हाफको सुरुआतमा मिल्नर र नेपोलीका डिफेन्डर मारिओ रुइको टाउको जुधेपछि मिल्नरलाई अस्पताल लगिएको थियो । कार्लो एन्सेलोटीको नेतृत्वमा रहेको इटालियन क्लबविरुद्ध सलाहले तेस्रो गोल थपे ।

ड्यानिएल स्टुरिज र अल्बर्टो मोरेनोले अन्त्यतिर गोल थप्दै लिभरपुलको सहज जित पक्का गरे । लिभरपुलले मंगलबार हुने अन्तिम मैत्रीपूर्ण खेलमा टोरिनोको सामना गर्नेछ ।

प्रकाशित : श्रावण २१, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?